+
Search

ताजा अपडेट +

पपुलर +

एक उत्प्रेरक विवाह

त्रिशूली प्रवाह
४ साल अगाडी

दमौली: आयलको मूल्यवृद्धिको बारेमा त हामी सबैलाई थाहा छदै छ। एस्तो समयमा विभिन्न काम हरु सम्पन्न गर्न पनि तेती नै मुस्किल पर्छ । तेही कुरालाइ मध्यनजर राखेर व्यास – १० , कुमल्टर , दमौली का बिनोद सापकोटा,२६ ले येही असार ७ गतेको दिन आफ्नो सुभ-विवाह सम्पन्न गरेका छन्। सौखले पनि साइकल चालक रहेका बिनोदले आफ्नो बिवाह पनि त्यहि अनुरुप गरेका छन्। वहा लाइ साथ दिन काठमाडौँ बाट लगभग १६० कि.मि. को यात्रा तय गरेर वहाका साइकल सहयात्रीहरु पनि उपस्थित भएका थिए। बिनोद सापकोटाको विवाह संगीता भुजेल संग सम्पन्न भएको हो। दुलही बनेकी उनि निकै उत्साहित देखिन्थिन। त्यसै गरि दुलही पट्टिको परिवार अचम्मित त छदै थिए तर आफ्नो जुवाईको सालिनताले गर्दा प्रभावित पनि देखिन्थे। विवाह एउटा नमुना बिवाह को रुप मा सम्पन्न भएको थियो। साइकल मा दुलाहा सहित जन्ती मा संगै ६ जना साथी हरु उपस्थित थिए भने बाकी जन्ती बसमा लागिएको थियो। बाकी साइकल सहयात्री मा पुष्प राज दाहाल र उनि संग विजय लामा , कृष्ण कार्की ,रिजेश अधिकारी , प्रजिन श्रेष्ठ र आलोक श्री खड्का रहेका थिए। पुष्प राज दाहाल , बिनोद सापकोटा र विजय लामा अन्तिम पटक रसुवा मा सम्पन्न भएको ” हाइ अल्चितुद रसुवा मोउन्तेन बाइक च्यालेन्ज २०७८” मा पनि सहभागिता जनाएका थिए।

Utsuk Books & Stationery
Satkar Machinery Center

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह