+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढी जलविद्युत्को आइपिओ निष्कासन आइपिओ रोक्न वडाध्यक्षको आग्रह

त्रिशूली प्रवाह
४ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लामा निर्माणाधीन १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले ६८ करोडको आइपिओ निष्कासन गरेको छ । आयोजनाले प्रभावित क्षेत्र रसुवाका स्थानीयलाई प्राथमिकता दिई आइपिओ बिक्रीमा ल्याएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

कम्पनीले स्थानीय बासिन्दाका लागि छुट्याइएको १० प्रतिशतबराबरले हुने ६८ लाख ४२ हजार एक सय कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड गाउँपालिका-१ थुमन र टिमुरे प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ, वडा नम्बर-५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाको बाँकी वडा, वडा नम्बर-४ लाङटाङ, वडा नम्बर-५ स्याफ्रुबेँसी, वडा नम्बर-६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाले आवेदन दिन सक्नेछन् । आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बंैक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम सात सय कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणलाई भने कम्पनीले यसअघि नै सेयर जारी गरेर दोस्रो बजारमा खरिद-बिक्रीसमेत हुँदै आइरहेको छ ।

असार १३ गतेदेखि निष्कासन भएको रसुवागढी हाइड्रोपावरको आइपिओ तत्कालै रोक्न गोसाइँकुण्ड गाउँपालिका-१ का वडाध्यक्ष उर्केनछिरिङ तामाङले आग्रह गरेका छन् । कोभिडले थलिएर जनता आर्थिक अभावका कारण वडावासीले सयर खरिद गर्न नसक्ने भन्दै निवेदन दिएकाले बंैकको ऋणबाट सेयर भर्ने व्यवस्था मिलाएर मात्र सेयर निष्कासन गर्न रसुवागढी हाइड्रोपावर कम्पनीलाई वडाध्यक्ष तामाङले आग्रह गरेका छन् । सोमबारदेखि रसुवागढी हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका स्थानीयलाई भन्दै निष्कासन गरेको आइपिओ गोसाइँकुण्ड गाउँपालिका-१ थुमनले तत्कालै रोक्न माग गरेको छ । अध्यक्ष तामाङले भने, ‘मंगलबार रसुवागढी हाइड्रोपावरलाई आइपिओ प्रक्रिया तत्कालै रोक्न सिफारिस गरेका छौँ ।’ कोभिडका कारण स्थानीयसँग तत्कालै सेयर खरिद गर्नका लागि रकम छैन, अहिले आर्थिक मन्दी रहेकोले जनतासँग पैसा नभएकाले बैंकले ऋण नदिइरहेको अवस्थामा सेयर निष्कासन गर्नु हामी सबैलाई घाटा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह