तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १६ असार २०७९, बिहीबार १४:५६
Buddha Eyes

शक्तिको पछाडि हाम्रा निजामती अर्थात् स्थायी सरकार नतमस्तक ! सिंहदरवारको अधिकार हाम्रै घरदैलोमा आएको महसुस विदुर नगरवासीले कहिले गर्लान् खै ? जनप्रतिनिधिलाई कर्मचारीले कसरी घुमाउन सक्छन् भन्ने हेर्न वडा नं.-९ को कार्यालय टेक्ने जोकोहीले पनि निःशुल्क हेर्छन् । निर्वाचित वडाध्यक्ष भण्डारी सरको भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा नटुङ्गेसम्म निलम्बन ! अध्यक्ष निलम्बनमा परेपछि वडासदस्यको बहुमतले धनमाया सुनारलाई कार्यबाहक वडाध्यक्ष चयन गरे पनि वडासचिवले प्रमुख प्रशासकीय सरको आदेश भन्दै कोठामा ताला ठोकेपछि असार १० गतेको निर्धारित नगर सभा स्थगित ! गठबन्धनले जितेको यो नगरलाई समृद्ध बनाउन कर्मचारी, जनप्रतिनिधि र सरोकारवालाको हातेमालो हुनुपर्ने होइन र ? विधिवत् चयन भएका कार्यबाहक अध्यक्ष बस्ने कुर्सीसम्मको व्यवस्था नहुँदा विपक्षीले कस्तो महसुस गर्लान् खै ? सुनार कार्यबाहक वडाध्यक्ष भएकाले भेदभाव गरेको भनेर दलित सङ्घले विद्रोह ग¥यो भने अल्पमतमा रहेका मेयर÷उपमेयरको कुर्सी डगमगाउला कि भन्ने चिन्ताले काङ्ग्रेस र माओवादी पार्टीका नेताहरूबीच हल्लीचल्ली !