+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेशको सबै पालिकामा बैंक

त्रिशूली प्रवाह
४ साल अगाडी

रुबिभ्याली, धादिङ जिल्लाको भौगोलिक हिसाबले विकट उत्तरी क्षेत्रमा पर्ने रुबिभ्याली गाउँपालिकामा बैंक पुगेको छ । बंैक अफ काठमाण्डूले आइतबारदेखि रुबिभ्यालीको वडा नं.३ सेर्तुङ गाउँमा बैंकको शाखा विस्तार गरेसँगै धादिङको १३ वटै स्थानीय तहमा बैंक पुगेको छ ।गाउँपालिका अध्यक्ष रामसिंह तामाङको खाता खोलेर बैंकको सेवा सुरु भएका थिए । यससँगै बागमती प्रदेशको सबै स्थानीय तहमा बैंकका शाखा पुगेको छ । बागमती प्रदेशमा दुई हजार नौ सय ४१ बैंक तथा वित्तीय संस्थाका शाखा स्थापना भएका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नयाँ आर्थिक वर्ष ०७९/८० बाट गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार बैंक अफ काठमाण्डूबाट गरिने भएको छ । सङ्घीयता कार्यान्वयनमा आएसँगै पहिलो स्थानीय तह निर्वाचन २०७४ पछि नेपाल राष्ट्र बैंकले सबै बैंकलाई स्थानीय तहमा पुग्न निर्देशन दिए पनि रुबिभ्यालीका सर्वसाधारणमा बैंक पहुँच पुग्न चार वर्ष ढिलो भयो । बैंकले दुर्गममा शाखा खोल्न अग्रसरता नदेखाएपछि गोलाप्रथा गर्दा बैंक अफ काठमाण्डूलाई रुबिभ्याली गाउँपालिका भागमा परेको थियो । भाग लागेका अरू पालिकामा शाखा खोले पनि रुबिभ्यालीमा सडक, विद्युत्, हाइस्पिडको इन्टरनेट टेलिफोनजस्ता सञ्चारसाधन, भवन र सुरक्षाको प्रत्याभूति नभएकाले शाखा खोल्न बैंकले आनाकानी गरिरहेको थियो । रुबिभ्यालीमा बैंक पुगेपछि गाउँपालिकाको योजना भुक्तानी लिन धादिङबेँसी पुग्नुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष तामाङले बताए ।

‘कतिपय कारोबार बैंकिङ प्रणालीबाट मात्रै हुँदै आएको छ । वृद्धाभत्ता, कर्मचारीलाई तलब बैंकबाटै गर्नुपर्छ,’ उनले भने, ‘धेरै काम गर्न सदरमुकाम धादिङबेँसीमै जानुपथ्र्यो, अब त्यो बाध्यता रहेन ।’ गाउँपालिकामा बैंक नपुग्दा विकास निर्माणका काम सम्पन्न गरी लिनुपर्ने भुक्तानी, विदेशबाट आफन्तले पठाएको पैसा निकाल्न दुई-तीन दिन लगाएर धादिङबेँसीमै धाउन स्थानीय बाध्य थिए । अब गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार बैंक अफ काठमाण्डूबाट सुरु भएको छ । रुबिभ्यालीमा वैदेशिक रोजगारीका लागि जानेको सङ्ख्या उल्लेख्य रहेको छ । बैंक स्थापना भएसँगै वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई घरमा पैसा पठाउन सहज भएको छ । गाउँमै बैंक सेवा सुरु भएसँगै स्थानीयले गाउँमै बैंकिङ सेवा पाएका छन् । रुबिभ्यालीको बैंक वडा नं.३ सेर्तुङ गाउँमा बैंकको शाखा स्थापना भएको छ । पछि पालिका भवन निर्माण सम्पन्नपश्चात् स्तानान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह