+
Search

ताजा अपडेट +

पपुलर +

लागुऔषध कार्यक्रम सम्पन्न

त्रिशूली प्रवाह
४ साल अगाडी

विदुर, लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रम आइतबार नुवाकोटमा सम्पन्न भएको छ ।

Utsuk Books & Stationery

असार ६ गतेदेखि सुरु भएको लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रम जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजनामा विविध जनचेतनामूलक कार्यक्रम गरेर सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको प्रमुख आतिथ्यतामा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ नुवाकोटका अध्यक्ष ताराबहादुर कार्की, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, नेपाल रेडक्रस नुवाकोटका प्रमुख, गैरसरकारी महासङ्घ नुवाकोटका प्रमुख, स्थानीय पत्रकार, नुवाकोट आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीसहितको प्रभात फेरी कार्यक्रम सम्पन्न भएको थियो । विदुर नगरपालिका-४ बट्टारबजारबाट प्रभात फेरी कार्यक्रम सुरु भई जिल्ला समन्वय समितिको कार्यालय नुवाकोटको सभाहलमा पुगी सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह