+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्डको ३९ करोड १६ लाख बजेट पारित शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत पर्यटन क्षेत्र प्राथमिकतामा

त्रिशूली प्रवाह
४ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको आर्थिक वर्ष ०७९÷८० का लागि ३९ करोड १६ लाख ३० हजार रुपैयाँको बजेट पारित भएको छ । असार १० गते गाउँ सभामा पेस भएको बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

Utsuk Books & Stationery

११औँ गाउँ सभामा पालिका उपाध्यक्ष प्रतिमा तामाङले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, सामाजिक विकासलगायत विपत् व्यवस्थापनलाई प्राथमिकतामा राखेर सामाजिक विकासतर्फ १६ करोड ४९ लाख २३ हजार आठ सय २० रुपैयाँ, आर्थिक विकासतर्फ तनि करोड ७२ लाख, पूर्वाधार विकासतर्फ नौ करोड ३६ लाख ८८ हजार, सुशासन तथा अन्य सम्बन्धित क्षेत्रतर्फ २९ लाख ६२ हजार र कार्यालय सञ्चालन तथा प्रशासनतर्फ नौ करोड २८ लाख ५६ हजार एक सय ८० रुपैयाँ बजेट विनियोजन गरिएको छ । धुन्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि गर्नुपर्ने प्रारम्भिक कार्यलगायत सङ्घीय नीतिगत निर्णय र आवश्यक कार्यविधि निर्माण र कार्यान्वयन गराउन सरोकारवालासँग छलफल गर्ने, गोसाइँकुण्ड गाउँपालिकाभित्रका एक सय वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक दिवसको अवसरमा सार्वजनिक रूपमा सम्मान गरिनेलगायतका विविध विषयलाई प्राथमिकता दिइएको अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । गोसाइँकुण्ड गाउँपालिकाको ११औँ गाउँ सभामा यस वर्ष सबैभन्दा बढी शिक्षामा आठ करोड ९३ लाख ६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसपछि चार करोड ३१ लाख ५० हजार रुपैयाँ स्वास्थ्यमा बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह