+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरगयाको ३८ करोड बजेट पारित शिक्षा, स्वास्थ्य, कृषि, पशु प्रशासनिक भवन निर्माण प्राथमिकतामा

त्रिशूली प्रवाह
४ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ३८ करोड ६७ लाख २७ हजार १ सय रुपैयाँको बजेट पारित गरी शिक्षा, स्वास्थ्य, कृषि, पशु, प्रशासनिक भवनलाई प्राथमिकता दिएको छ ।

Utsuk Books & Stationery

उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले १२औँ गाउँ सभामा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ०७९/८० का लागि आर्थिक विकासतर्फ सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने ससर्त र विशेष अनुदानबाट ७८ लाख विनियोजन गरेकी छिन् । सामाजिक विकासतर्फ सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने ससर्त र विशेष अनुदान १२ करोड ८२ लाख रुपैयाँ रहेको छ । गाउँपालिकाबाट विनियोजन हुने रकममध्ये चार करोड ४२ लाख ८० हजार दुई सय रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ३८ करोड ६७ लाख २७ हजार एक सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । पालिका उपाध्यक्ष गुरुङले गाउँपालिकाको १२औँ गाउँ सभाको दोस्रो बैठकमा उक्त बजेट प्रस्तुत गरेका थिए, जसमध्ये गाउँपालिकाबाट विनियोजन हुने १८ करोड ९३ लाख २५ हजार एक सयमध्ये चालूतर्फ १३ करोड १३ लाख ५९ हजार नौ सय रुपैयाँ र पुँजीगततर्फ पाँच करोड ७९ लाख ६५ हजार दुई सय रहेको छ । कृषि, उद्योग, पर्यटन, सहकारी, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति प्रवद्र्धनलगायतले प्राथमकिता पाएको छ । यस्तै, पूर्वाधार विकास तथा सिँचाइले पनि प्राथमिकता पाएको छ ।

आगामी आर्थिक वर्ष ०७९÷८० को वार्षिक बजेटमध्ये विषय क्षेत्रगत रूपमा विनियोजन गरिएको रकम रुपैयाँ बजेट विनियोजन भएको हो । पूर्वाधार विकास क्षेत्रतर्फ सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने ससर्त र विशेष अनुदानबाट पाँच करोड पाँच लाख दुई हजार रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाबाट विनियोजन हुने रकममध्ये तीन करोड ४० लाख एक हजार रुपैयाँ विनियोजन गरेको छ । संस्थागत विकास, सेवा प्रवाह तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सङ्घ र प्रदेश सरकारबाट प्राप्त ससर्त र विशेष अनुदानबाट एक करोड नौ लाख रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाले विनियोजन हुने रकममध्ये ८१ लाख रुपैयाँ छुट्याएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ गाउँपालिकाबाट विनियोजन हुने रकममध्ये आठ करोड ७९ लाख ८३ हजार नौ सय रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह