+
Search

ताजा अपडेट +

पपुलर +

नौकुण्डको ४५ करोड ४० लाख बजेट पारित गुणस्तरीय प्रविधिमैत्री शिक्षा र विद्यालयमा इन्टरनेटको व्यवस्था प्राथमिकतामा

त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ४५ करोड ४० लाख ९६ हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै गाउँपालिकाभित्रका सबै विद्यालयमा इन्टरनेटको व्यवस्था गरिने जनाएको छ

नौकुण्डको ११औँ गाउँ सभामा आर्थिक वर्ष ०७९/८० मा के-कस्ता कार्यक्रम तथा नीति ल्याउने भन्ने विषयमा उपाध्यक्ष चन्द्रबहादुर गलानले बजेट प्रस्तुत गरेका थिए । गाउँ सभामा बोल्दै अध्यक्ष नुर्बुसाङ्वो घलेले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, संस्कृति संरक्षण, वन वातावरण तथा विपत् व्यवस्थापन, महिला सशक्तीकरण, पर्यटन प्रवद्र्धन, स्वरोजगार र सुशासनलगायतका क्षेत्रलाई स्थान दिइने बताए ।

गाउँपालिकाभित्रको सबै स्वास्थ्य संस्थामा कर्मचारीको व्यवस्थापन गरी जनताको स्वास्थ्य उपचारमा पहुँच पु¥याई आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरी कृषि पकेट क्षेत्रको घोषणा एवम् उष्कृष्ट कृषकलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख छ । त्यसैगरी, सडक विद्युत् तथा खानेपानीको क्षेत्रमा दिगो तरिकाले सञ्चालन गर्न मर्मत सम्भारकर्ताको व्यवस्था गरी स्थानीय सरकारको राजस्व सङ्कलन गर्न स्रोतको व्यवस्थापन गर्ने रहेको छ । सडक सञ्जाललाई व्यवस्थापन गरी कालोपत्रे, मोटरेबल पुल र गाउँपालिकालाई रिङरोडमार्फत सडक सञ्चालनलाई प्राथमिकता दिई पर्यटन प्रवद्र्धनको विभिन्न क्षेत्र पहिचान गरी डिपिआरमार्फत संरचनाको निर्माण गर्ने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह