+
Search

ताजा अपडेट +

पपुलर +

नदीजन्य सामग्री उत्खनन तथा सङ्कलन बन्द

नदीजन्य सामग्री उत्खनन तथा सङ्कलन बन्द
त्रिशूली प्रवाह
३ साल अगाडी

बेत्रावती, रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाले वर्षात्को तीन महिना असार, साउन र भदौमा नदी तथा खोलामा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्यमा रोक लगाईएको छ ।

बाढी तथा पहिरो आउने सम्भावनालाई मध्यनजर गरी मंगलबार गाउँपालिकाले सूचना जारी गर्दै नेपाल सरकारको निर्णयअनुसार विगत वर्षमा झैँ यस वर्ष पनि असार, साउन र भदौ महिनाभरि पालिका क्षेत्रमा रहेको नदीमा नदीजन्य पदार्थ निकाल्न बन्द गरिएको बताइएको छ । नदीजन्य सामग्री जस्तो ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल आदि उत्खनन तथा सङ्कलन कार्य बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्रमणि न्यौपानेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह