+
Search

ताजा अपडेट +

पपुलर +

१ सय ७० थान मिनिटिलर वितरण

त्रिशूली प्रवाह
३ साल अगाडी

बाघखोर, बेलकोटगढी नगरपालिकाले नगरभित्रका कृषकलाई लक्षित गरी १ सय ७० थान मिनिटिलर (खेतबारी जोत्ने ट्याक्टर) वितरण गरेको छ ।

नगरपालिकाभित्र रहेको कृषि समूह, कृषि सहकारी र कृषि फर्म छनौट गरी ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरेको हो । नगरपालिकाभित्रबाट छनौटमा परेका ७४ वटा कृषि समूह, कृषि सहकारी र कृषि फर्मलाई छनौट गरी १ सय ७० थान मिनिटिलर वितरण गरिएको हो । त्यसमध्ये १ सय थान क्राउन पद्धतिको र ७० वटा बेल्ट पद्धतिको मिनिटिलर वितरण गरिएको कृषि प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभएको छ । क्राउन पद्धतिको मिनिटिलरलाई १६ हजार ६ सय ६६ रुपैयाँ र बेल्ट पद्धतिको मिनिटिलरलाई १५ हजार ७ सय ६६ रुपैयाँ कृषकले ब्यहोर्ने गरी वितरण गरिएको हो । भेग, आवश्यकता र कृषकको मागको आधारमा मिनिटिलर वितरण गरिएको कृषि प्राविधिक श्रेष्ठले जानकारी दिनुभएको छ । कृषिलाई यान्त्रिकरण र आधुनिकरण नगरेसम्म कृषि उत्पादकत्व नबढ्ने र कृषकले फाईदा लिन नसक्ने भएकोले मिनिटिलर वितरण गर्दै जाने नगरप्रमुख जगत गुरुङले बताउनु भयो ।

नगर प्रमुख गुरुङले जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाझो रहेको अवस्थामा नगरपालिकाले अनुदानमा वितरण गरेको मिनिटिलरले कृषकलाई ठूलो राहत मिल्ने अपेक्षा गरेको बताउनुभएको छ । वितरण गरिएको मिनिटिलर बिग्रिएमा मर्मत गर्ने तालिम समेत नगरपालिकाले छिट्टै सञ्चालन गर्ने समेत उहाँले बताउनुभएको छ । नगरभित्र रासायनिक मलको चरम अभाव भएको अवस्थामा तत्काल करिव १५ सय बोरा मल ल्याउन साल्ट ट्रेडिङ कर्पोरेशनसँग समन्वय भईरहेको र मल आईपुग्ने बित्तिकै सहकारीमार्फत कृषकसम्म पु¥याउने जानकारी उहाँले दिनुभयो । सिमित रहेको श्रोत साधनलाई उपलब्धीमूलक कार्य गर्न नगरपालिका प्रतिबद्ध रहेको उपप्रमुख शिव दाहालले बताउनुभएको छ । कृषि समूह, कृषि सहकारी र कृषि फर्मलाई छनौट गरी अनुदानमा वितरण गरिएको मिनिटिलरको सही रुपमा सदुपयोग गरी कृषि उपजको उत्पादनमा बृद्धि गराउनतर्फ ध्यान दिन समेत उपप्रमुख दाहालले आग्रह गर्नुभएको छ ।

नगरभित्र रहेका अगुवा किसानको अनुभव सामान्य किसान समक्ष आदान=प्रदान गरी वेलकोटगढीलाई कृषिको हब बनाउने योजनालाई सफल बनाउन सबै नगरबासीको साथको अपेक्षा उहाँले गर्नुभएको छ । कृषि उत्पादकत्व बढाउन र जनशक्तिको अभाव परिपूर्ति गर्न मिनिटिलरले सहयोग गर्ने अपेक्षा प्रमुख प्रशासकीय अधिकृत दिपक खतिवडाले गर्नुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह