+
Search

ताजा अपडेट +

पपुलर +

ककनीको लोकल रक्सी ब्रान्डिङ योजना

ककनीको लोकल रक्सी ब्रान्डिङ योजना
त्रिशूली प्रवाह
४ साल अगाडी

रानीपौंवा, ककनी गाउँपालिकाले स्थानीय क्षेत्रमा उत्पादन हुने कोदो, मकैको लोकल रक्सी ब्रान्डिङ गर्ने योजना अगाडी बढाएको छ । गाउँपालिकाले पालिकाको समग्र विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजनासमेत आगामी आ.व.०७९/०८० मा गर्ने भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

पर्यटकीय क्षेत्र ककनीलाई कृषि, पर्यटन र क्षेत्रमा निजी लगानीलाई समेत आकर्षित गरी विकास र समृद्धिको लक्ष पूरा गर्न लगानी सम्मलेलन गर्ने नीति लिईएको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । गाउँसभाबाट लगानी सम्मेलन गर्नेदेखि स्थानीय कोदोको रक्सी तीनपाने आईरकलाई ब्रान्डिङ गरी आन्तरिक उत्पादनलाई प्रवद्र्धधन गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा दुध, मासु र तरकारीमा पालिकालाई आत्मनिर्भर बनाउने, डक्टर र इन्जिनीयर अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, शैक्षिक सुधारका लागि प्रधानाध्यापकसँग करार सम्झौता गर्ने, किशोरीको सुरक्षाका लागि आत्मरक्षा तालिम सञ्चालन गर्ने, एक वडा एक एम्बुलेन्स सेवाका सुरुवात गरिने उल्लेख छ । गाउँपालिकाले सुशासनमा जोड दिँदै ‘जनतासँग अध्यक्ष’ कार्यक्रममार्फत नागरिकका समस्या बुझ्ने र समाधान गर्ने, यस आर्थिक वर्षमा कुनै पनि सवारी साधनलगायत बिलासिताका सामग्री खरिद नगर्ने नीति गाउँसभाले पारित गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष मिठुमाया तामाङले शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट नीति तथा कार्यक्रम सर्वसम्वत पारित भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह