रनिङ शिल्डको ट्रफी कालिका गाउँपालिकालाई

  • त्रिशूली प्रवाह
  • २३ असार २०७९, बिहीबार १२:२८

धुन्चे, रसुवा जिल्लामा भएको ९ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असार २० गते सम्पन्न भएको छ । उक्त प्रतियोगिताको रनिङ शिल्डको ट्रफी कालिका गाउँपालिकाले हात पारेको छ ।

जिल्ला खेलकुद विकास समिति रसुवाको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा १४ स्वर्ण, ३ रजत, ५ कास्य गरी २४ पदक जितेर कालिका गाउँपालिका प्रथम भएको थियो । ९ स्वर्ण, १२ रजत, २ काश्य गरी २३ पदक जितेर गोसाइँकुण्ड गाउँपालिका दोस्रो, ७ रजत ९ कास्य गरी २० पदक जितेर आमाछोदिङ्मो गाउँपालिका तेस्रो भएको आयोजकले जानकारी दिएका छन् । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित खेल सम्पन्न भएको र जिवनको अमुल्य गहना खेलकुद पनि हो यसबाट पनि जिल्लालाई चिनाउनुपर्ने कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले बताउनुभयो । सबै खेलाडी मेरा लागि बराबर हो । पाँचवटा पालिका सहभागी उक्त प्रतियोगिताकाको उत्कृष्ट खेलाडीलाई प्रदेश र राष्ट्रिय प्रतियोगितामा भाग लिन सक्ने बनाउने लक्ष्य लिएकोे खेलकुद विकास समिति रसुवाका अध्यक्ष सुजन न्यौपानेले बताउनुभयो ।