+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्ड गा.पा.लाई एम्बुलेन्स उपहार

त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, भारत सरकारको अनुदान सहायता अन्र्तगत नेपालका विविध हितग्राही संस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको छ । ७५ वटा एम्बुलेन्समध्ये एउटा एम्बुलेन्स रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले पाएको छ । एम्बुलेन्स पालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङलाई आईतबार राजदूताबासले हस्तान्तरण गरेको हो ।

नेपालका विभिन्न जिल्लामा रहेको विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैरनाफामूलक संस्थालाई काठमाडौंमा रहेको भारतीय राजदूताबासले आईतबार ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार स्वरूप प्रदान गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री देवेन्द्र पौडेलको समुपस्थितीमा भारतीय राजदूत नविन श्रीवास्तवले ती संस्थालाई चाबी प्रदान गरे । एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रूपमा रहेको जनाईएको छ । कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पु¥याउन नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्र्तगत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको परम्पराका रूपमा रहेको बताए । यो सदियौं पुरानो इतिहास र विरासत बोकेको, भौगोलिक रूपमा नेपालभर फैलिएको, जनजीवनलाई प्रभावित पार्ने र नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउने भारत र नेपालबिच रहेको अन्त्य मजबुत विकास साझेदारीको एकहिस्साका रूपमा रहेको उनले स्पष्ट गरे ।

भारतीय दूताबासमा एक दशकदेखि एम्बुलेन्सको लागि पहल भईरहेको थियो । गोसाइँकुण्ड गाउँपालिकाभित्र कोही बिरामी भईहाले कतै भनिरहनु नपर्ने भएकाले एक एम्बुलेन्स आवश्यकता रहेको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो । प्राप्त भएको एम्बुलेन्स नेपाली बजारमा २० लाख मूल्य पर्छ । एम्बुलेन्स विशुद्ध बिरामी मात्रै बोक्न प्रयोग गरिने अध्यक्ष तामाङले बताउनु भयो । एम्बुलेन्सको साँचो बुझ्न अध्यक्ष तामाङ र उपाध्यक्ष प्रतिमा स्याङवाको टोली काठमाडौं गएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह