- शम्भुराम दाहाल
विदुर, नुवाकोट अटोमेकानिक्स ब्यवसायी संघको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
२०७६ सालमा दर्ता भई स्थापना भएको अटो मेकानिक्स ब्यवसायी संघको पहिलो अधिवेंशन तथा प्रथम वार्षिक साधारणसभा गत वर्ष सम्पन्न भएको छ । शनिबार सम्पन्न संघको दोस्रो साधारणसभाको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले गर्नुहुँदै अटोल्याण्ड बिस्तार गर्ने योजना रहेको बताउनु भयो । अटो ब्यवसायी समेत रहेका मेयरले सो अवसरमा अटोल्याण्ड बिस्तारको लागि विनपा-१० को शुभघाट र वडा नं.५ चन्द्रज्योती मा.वि.आसपासमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको छ । संघका अध्यक्ष भक्तबहादुर सुनार (राम) को सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव नवराज बोगटी, कोषाध्यक्ष प्रेममान श्रेष्ठ (कान्छा) लगायतले अटो मेकानिक्स ब्यवसायीलाई दक्ष बनाउन तालिम प्रदान गर्ने योजना बनाएको बताए । कोषाध्यक्ष श्रेष्ठले जिल्लाभरीका मेकानिक्सलाई सदस्यता प्रदान गरी अटोमेकानिक्सको हकहित र भविष्य सुरक्षित गर्ने निर्णय साधारणसभाले गरेको बताए ।
संघमा ५० जना अटोमेकानिक्स आवद्ध रहेको अध्यक्ष भक्तबहादुरले सो अवसरमा जानकारी दिनुभयो । साधारणसभाले कार्यसमितिलाई थप बिस्तार गर्दै विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । सो कार्यक्रमका विशेष अतिथि नेपाल अटो मेकानिक्स महासंघका अध्यक्ष जनार्दन गैरेले अटोल्याण्डलाई नगरपालिकाले ब्यवस्थित गर्न आँलटाँल गर्न नहुने बताउनु भयो । जिल्लामा कार्यरत मेकानिक्सको क्षमता अभिबृद्धि र स्वास्थ्य बिमामा महासंघले सहयोग गर्ने बताउनु भयो ।




प्रतिक्रिया