तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २३ असार २०७९, बिहीबार १३:३६
Buddha Eyes

स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ महिना बितिसकेको छ । जितहारको नतिजाले कोही फुरूङ्ग कोही लत्र्क्कै ! एमालेका कमरेडहरू भने, ‘म डराएको होइन घ्याम्पो हल्लेको भनि आत्मरतिमा छन् ।’ केन्द्रदेखि देशभरी नै निर्वाचन समिक्षाको लहर चलेको छ । नुवाकोट पनि के कम १२ पालिकामध्ये एउटा पालिका माओवादी कमरेडको सहयोगले जितेपछि शून्य नभएकोमा गर्व गर्दै नेताहरू एक-आपसमा शुभकामना आदान-प्रदानमा ब्यस्त ! स्थानीय तह निर्वाचनमा भोट बेचेको आरोप सेलाउन नपाउँदै बेलकोटगढी नगरपालिकाको २३ भोट बेच्ने कमरेडको खोजीमा जिल्ला कमिटीको कार्यदल ! गत २०७४ को पनि भोट लिन नसक्ने कमरेडहरू तिन दलिय गठबन्धन नभएको भए जित्ने प्रतिवेदन सचिवालय बैठकमा पेश गरेपछि प्रदेश कमिटी अध्यक्ष पाण्डे कमरेड ट्वाँ ! स्थानीय निर्वाचन समिक्षा नसकिंदै संघ र प्रदेशको निर्वाचनको मितिको चर्चाले अन्र्तघातीलाई भने हाईसञ्चो !