सुवेदी र तामाङ पोलिटब्युरो सदस्यमा चयन

त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नेपालको तेस्रो पार्टी नेकपा माओवादी केन्द्रको गत बिहीबार सम्पन्न केन्द्रीय बैठकले वैकल्पिकसहित एक सय ५६ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति बनाउने निर्णय गरेको छ ।

केन्द्रीय समितिले गरेको निर्णयअनुसार माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा नुवाकोटबाट दुईजना नेता चयन भएका छन् । संविधानसभा सदस्य तथा जिल्ला इन्चार्ज विमला सुवेदी र सङ्घीय सांसद एवम् केन्द्रीय सदस्य हितबहादुर तामाङ पोलिटब्युरो सदस्य चयन भएका छन् । महाधिवेशन सकिएको ६ महिनापछि केन्द्रीय समितिले पूर्णता पाएको छ । केन्द्रीय समिति बैठकले स्थायी समितिमा ३३ सदस्यको नामसमेत टुङ्गो लगाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह