+
Search

ताजा अपडेट +

पपुलर +

ग्रामीण अस्पतालमा अक्सिजन प्लान्टसहित थाइराइड परीक्षण मेसिन र एम्बुलेन्स सेवाको शुभारम्भ

त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको कालिका गाउँपालिका-५ जिबजिबेमा रहेको ग्रामीण अस्पतालमा शनिबारबाट सुविधासम्पन्न अक्सिजन प्लान्टसहित थाइराइड परीक्षण मेसिन र एम्बुलेन्स सेवाको शुभारम्भ भएको छ ।

कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाको करिब १८ हजार जनताले प्रत्यक्ष लाभ लिन सक्ने गरी बागमती प्रदेश सरकारको लागतमा ८५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । उक्त बजेटबाट अक्सिजन प्लान्ट र थाइराइड परीक्षण मेसिन खरिद गरी सेवा सुरु गरिएको छ । अस्पताललाई नेपालस्थित भारतीय दूतावासको सहयोगमा प्राप्त एम्बुलेन्ससमेत सञ्चालन सुरु गरिएको छ । स्थानीयस्तरमा नै सुविधासम्पन्न अस्पताल र थाइराइड प्रशिक्षण सुविधा भएपछि स्थानीयवासी सानातिना उपचार गराउन अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ । शनिबार बागमती प्रदेश सभा सदस्य एवम् नेपाली काङ्ग्रेस संसदीय दलको प्रवक्ता प्रभात तामाङले उद्घाटन गर्दै अक्सिजन प्लान्टसहित थाइराइड परीक्षण मेसिन र एम्बुलेन्स सेवाको शुभारम्भ गरेका थिए । उनले सो अवसरमा जनतालाई अस्पतालको सेवा आवश्यकतानुसार उपभोग गर्न अनुरोध गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह