राजनीतिलाई सबै नीतिको मूल नीति भनिन्छ, तर हाम्रो देशमा राजनीतिक नेतृत्वलाई छीःछीः र दूरदूर गर्ने संस्कारमा बढोत्तरी ! राजनीति गर्ने नेताले जे भने पनि हुने र जे गरे पनि हुने भन्ने जमाना गइसके भन्ने नबुझ्ने हाम्रा जिल्लाका नेतालाई श्रीलङ्काको राष्ट्रपतिले देश छाडेर भाग्न खोज्दासमेत पाएनन् भन्ने हेक्का छ कि छैन कुन्नि ? सुकुमबासीको नाममा धेरै आयोग बने, केहीले जागिर पाए, केहीले सलाम खाए, तर समस्या ज्युँका त्युँ ! सुकुमबासी र अव्यवस्थितको नाममा जिल्लाको तादी गाउँपालिकाको वडा नम्बर ३ मा कान्तिकारी कार्य थालनी भएको खबरले सबैलाई झस्काइदिएको छ । स्कुलको जग्गा हडप्नेलाई उन्मुक्ति दिन गत स्थानीय निर्वाचनको मत साटासाट गर्दा फाइदै-फाइदा ! जग्गा लिन सुकुमबासीले निःशुल्क र अव्यवस्थितले हजारको पत्तो तिरे निस्सा पाउने भएपछि १२ पालिकाकै ध्यान केन्द्रित हुँदा काङ्ग्रेसका कार्जेकर्ता महत दाजुभाइको कित्तामा अलग–अलग हुँदा बिचल्ली ! सरकारी जग्गासँग भोट साटेपछि खरानीटारवासी हिस्स !




प्रतिक्रिया