विदुर, करुणा ग्रुप अफ कम्पनीले नुवाकोट जिल्लाका ५० जना ब्युटिसियन छनौट गरी ब्युटिसियन सामाग्री हस्तान्तरणका गरेको छ । २०७९ असार १५ गते तादी गाउँपालिका र विदुर नगरपालिकाका फर्म भरेका महिलालाई दुई स्थानमा अन्तरवार्ता लिएर छनोट गरिएको कम्पनीका सञ्चालक करुणा पाण्डेले जानकारी दिनुभयो ।
उद्यमशिल युगमा महिलालाई आत्मनिर्भर बनाउनका लागि संस्थाले तालिम, सिप तथा स्वरोजगारी, उद्यमशिलता बनाउने र महिलालाई आर्थिकरुपमा सशक्त बनाउने कार्यक्रमको लक्ष्य रहेको हुनाले तालिम लिएका तर अवसरको खाँचो रहेका सम्पूर्ण महिलालाई प्रोत्साहित गर्नका लागि ब्युटिसियन सामाग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । छनौट भएका सहभागीलाई सामाग्री हस्तान्तरण नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा गरिएको थियो ।




प्रतिक्रिया