तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ५ श्रावण २०७९, बिहीबार १३:१०
Buddha Eyes

निर्वाचन सकियो, राजनीतिक प्रतिशोध र तुष अर्को चुनावसम्मै बाँकी रहन्छ भन्ने प्रमाणित गर्दा नुवाकोटको विदुर, तारकेश्वर र बेलकोटगढी पालिकाका करारका सवा दुई सय कर्मचारीको मध्यबर्खामा बिचल्ली ! राजनीतिक प्रतिशोधको आधारमा कोही हट्ने, कोही अट्ने, कोही छुट्ने, केही नयाँ ल्याउने रणनीतिलाई गठबन्धनको उपलब्धि मान्नुपर्छ । विदुरमा त अल्पमतमा रहेको मेयरले कार्यपालिकाको बैठकमा निर्णय गराउन नसकेपछि करार कर्मचारी हटाउने विज्ञप्ति टाँस गर्न जिल्लासँग सुरक्षा हारगुहार ! विदुरले त खातामा पैसा राखेर उपभोक्ता समिति र कार्यालयको सामान खरिदको बिल भुक्तानी सल्लाहकारको निर्णयको आधारमा कित्ता छुटाउँदा चेकमा हस्ताक्षर गर्नेहरू जिब्रो काट्दै ! चेकमा नै हस्ताक्षर गर्ने अधिकार पाएको भए के गर्थे होला कुन्नि ? करारका केही कर्मचारीलाई आऊआऊ भन्ने, केहीलाई बाईबाई गर्दा लेखा शाखा हिस्स !