धुन्चे, रसुवा जिल्लाभरिका गणित शिक्षकको शनिबारको भेलाले गणित शिक्षक परिषद्को जिल्ला कार्यसमिति चयन गरेको छ
कालिका गाउँपालिकाको कालिका हिमालय क्याम्पस कालिकास्थानमा भएको प्रथम गणित शिक्षक परिषद्को जिल्ला कार्यसमिति भेलाले अध्यक्षमा हरिप्रसाद देवकोटालाई चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद न्यौपाने, सचिवमा उत्तमबहादुर तामाङ, कोषाध्यक्षमा भरत पौडेल, सदस्यमा बिन्दा न्यौपाने, प्रतीक तामाङ, लक्ष्मी न्यौपाने, प्रकाश पौडेल, माधवप्रसाद लामिछानेलाई चयन गरेको छ । उक्त भेलाले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हरिप्रसाद देवकोटा, विष्णुप्रसाद न्यौपाने, उत्तमबहादुर तामाङ, नवराज घिमिरे, बिन्दा न्यौपाने, आशा आङबुहाङ लिम्बू छनोट भएका छन् ।




प्रतिक्रिया