+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट मदिरा सङ्घ बोगटीको जिम्मामा

नुवाकोट मदिरा सङ्घ बोगटीको जिम्मामा
त्रिशूली प्रवाह
३ साल अगाडी

बट्टार, नुवाकोट मदिरा व्यवसायी सङ्घको तेस्रो जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा राजु बोगटीसहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा हरिकृष्ण डङ्गोल, द्वितीय उपाध्यक्षमा प्रकाश प्याकुरेल, महासचिवमा पूर्णलाल श्रेष्ठ, सचिवमा अच्युत थापामगर, कोषाध्यक्षमा भानु पाण्डे र सदस्यमा भरत पुलामीमगर, गोकर्ण पुडासैनी, मनीष नगरकोटी, पुरुषोत्तम खाती, हरिचन्द्र श्रेष्ठ, प्रमोदभक्त श्रेष्ठ, निरोजमान श्रेष्ठ लवट, जगत कोइराला र केदार दाहाल रहेका छन् । नुवाकोट जिल्लामा मदिरा व्यवसाय गरिरहेका ३० जनाभन्दा बढी व्यवसायी सदस्य रहेको कोषाध्यक्ष भानु पाण्डेले बताए । ०७१ सालमा सङ्घ-संस्था ऐनअन्तर्गत नुवाकोट जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था हो । सङ्घको तदर्थ समितिको र पहिलो अधिवेशनबाट अध्यक्षमा कवीन्द्र्रमान प्रधान निर्वाचित भएका थिए । मदिरा व्यवसायमा संलग्न व्यापारीबीच पारस्परिक सम्पर्क कायम गरी मदिरा, चुरोट र पेय-पदार्थ बिक्री-वितरणलाई एकरूपता ल्याई सर्वसाधारणको हितलाई समेत कायम राखी जम्माखोरी अनुचित फाइदा लिने प्रवृत्तिलाई सङ्घ स्थापना भएपछि अन्त्य भएको नवनिर्वाचित अध्यक्ष राजु बोगटीले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । नवनिर्वाचित अध्यक्ष बोगटी नुवाकोटका लागि अर्ना बियर, बर्डवाइजर, हेवार्डस्लगायत बियर कम्पनीको आधिकारिक बिक्रेता हुन् । मदिरा उत्पादन, बिक्री-वितरण र सेवनलाई मर्यादित बनाउन सङ्घ लागिरहेको महासचिव पूर्णलाल श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह