विदुर, आ.व. ०७८/७९ मा नुवाकोट जिल्लाका १२ वटा पालिकामध्ये तादी गाउँपालिका बजेट खर्च गर्नेमा अग्रस्थानमा रहेको छ ।
आर्थिक वर्ष ०७८/७९ को तादीको जम्मा बजेट ४४ करोड ८४ लाख ७१ हजार पाँच सय ३९ मध्ये ३९ करोड ७१ लाख ५८ हजार एक सय ९० खर्च भएको छ । उक्त पालिकाको जम्मा खर्च प्रतिशत ८८ दशमलव ५५ हुन आउँछ । पालिकाको चालू बजेट २८ करोड ४८ लाख ४० हजार पाँच सय ३९ मध्ये २६ करोड ३० लाख ७२ हजार पाँच सय ८७ रुपैयाँ खर्च हुँदा ९२ दशमलव ३५ प्रतिशत हुन आउँछ । त्यसैगरी, उक्त पालिकाको पुँजीगत बजेट १६ करोड ३६ लाख ३१ हजारमध्ये १३ करोड ४० लाख ८५ हजार ६ सय तीन खर्च गर्दा ८१ दशमलव ९४ प्रतिशत हुन्छ । जिल्लाको १२ वटा पालिकामध्ये सबैभन्दा कम प्रतिशत बजेट खर्च गर्नेमा गत आ.व. ०७८÷७९ मा विदुर नगरपालिका रहेको छ । सदरमुकाम र पुरानो स्रोत–साधनले भरिपूर्ण विदुरले गत आ.व.मा ६५ दशमलव ३३ प्रतिशत मात्र कुल खर्च गर्न सकेको छ । विदुरको कुल बजेट एक अर्ब ४३ करोड २३ लाख दुई हजार दुई सयको बजेटमध्ये ९३ करोड ५७ लाख ६९ हजार पाँच सय ५१ बजेट असार मसान्तसम्म खर्च गरेको छ । कुल बजेटको खर्च प्रतिशत ६५ दशमलव ३३ रहेको छ । चालू बजेट ६९ करोड ३८ लाख ७१ हजार दुई सयमध्ये विदुरले ५३ करोड ९३ लाख ११ हजार ६२ खर्च गरेको छ । उसले सो आ.व.मा खर्च गरेको प्रतिशत ७७ दशमलव ७२ रहेको छ ।
त्यसैगरी, पुँजीगत बजेट ७३ करोड ८४ लाख ३१ हजारमध्ये ३९ करोड ६४ लाख ५८ हजार चार सय ८८ खर्च गर्दा ५३ प्रतिशत ६८ पुगेको छ । जिल्लाको बेलकोटगढी नगरपालिकाले गत आ.व.मा ७२ दशमलव ७५ प्रतिशत, ककनी गाउँपालिकाले ८१ दशमलव २४ प्रतिशत, किस्पाङ गाउँपालिकाले ७२ दशमलव ९६ प्रतिशत, तारकेश्वर गाउँपालिकाले ७९ दशमलव ९२ प्रतिशत, दुप्चेश्वर गाउँपालिकाले ७१ दशमलव ९६ प्रतिशत, पञ्चकन्याले ८१ दशमलव ६२ प्रतिशत, म्यागङले ८२ दशमलव ८७ प्रतिशत, लिखुले ८३ दशमलव तीन प्रतिशत, शिवपुरीले ८२ दशमलव ९७ र सूर्यगढी गाउँपालिकाले ८१ दशमलव ४ प्रतिशत खर्च गरेका छन् । जिल्लाको १२ वटा पालिकाको जम्मा बजेट सात अर्ब ७३ करोड ४५ लाख ३३ हजार सात सय दुईमध्ये पाँच अर्ब ९१ करोड ६ लाख ३० हजार आठ सय ४९ खर्च भएको छ । जिल्लामा चालू र पुँजीगत बजेटको खर्च प्रतिशत ७६ दशमलव ४१ रहेको छ ।




प्रतिक्रिया