+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न सामग्री ढुवानी सुरु ५० बोरा चामल गोसाइँकुण्ड पुग्यो

गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न सामग्री ढुवानी सुरु ५० बोरा चामल गोसाइँकुण्ड पुग्यो
त्रिशूली प्रवाह
४ साल अगाडी

धुन्चे, पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्न निलाद्री पर्वत पुग्ने भक्तजनलाई भोजन तथा लजको विशेष व्यवस्था मिलाउन स्थानीय व्यवसायी जुटेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

साउन २७ गते जनैपूर्णिमा पर्वमा लाग्ने गोसाइँकुण्डको विशेष धार्मिक मेलामा १५ हजार भक्तजन आउने गोसाइँकुण्ड क्षेत्र विकास समितिले आकलन गरेलगत्तै धार्मिक मार्गका होटेल व्यवसायीले खाद्यान्न जोहो एवम् लजका सामग्री ढुवानी गर्न थालेका हुन् । यात्रुलाई गुणस्तरीय सेवा दिन सबै व्यवसायी अगाडि बढिसकेको लौरीविनायकका व्यवसायी वीरू उपनामका पासाङग्याल्पो तामाङले जानकारी दिए । धुन्चेमा ४३, तिवारी बगरमा दुई, खन्तीमा दुई, देउराली एक, डिम्सा दुई, चन्दनबारीमा सात, चोलाङपाटी दुई, लौरीविनायकमा तीन र गोसाइँकुण्डमा चार गरी यी नौ स्थानको धार्मिकमार्गमा ६७ वटा स्थायी रूपले बनेका होटेल लज रहेको होटेल व्यवसायी सङ्घले जनाएको छ ।

गोसाइँकुण्ड जाने धार्मिक यात्रुलाई खान-बस्न कुनै समस्या नपर्ने होटेल सङ्घका जिल्ला अध्यक्ष निसान उपनामका रामशरण गजुरेलले जानकारी दिए । एकैसाथ स्थायी होटेलले नथेग्ने समस्या आएमा अस्थायी छाप्रो थर्कुको व्यवस्था हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । खाद्य सामग्री भरिया तथा खच्चर, घोडाद्वारा ढुवानी भइरहेको र करिब ५० बोरा चामल गोसाइँकुण्ड पुगिसकेको बताइएको छ । थप चामलसहित अन्य सामग्री ढुवानी भइरहेको बताउँदै व्यवसायी तामाङले गोसाइँकुण्डमा मात्रै एक सय ५० बोरा चामल खपत हुने अनुमान गरे । गोसाइँकुण्ड मेलाका लागि चाउचाउ, बिस्कुट, दालमोड, चिउरा, मिनिरलवाटर, काजु, बदामजस्ता सामग्रीसमेत होटेलबाट उपलब्ध गराउने व्यवस्था मिलाइएको व्यवसायीले बताएका छन् ।

कोभिड-१९ का कारण दुई वर्षसम्म यात्रुको भिड हेर्न नपाएका स्थानीय व्यवसायी यस वर्ष भक्तजनको स्वागत गर्न आतुर देखिएका छन् । २३ गते पुत्रदा एकादशीबाट स्नान सुरु भई २७ गते समापन हुने जनैपूर्णिमा पर्व मान्न २२ गते नै भक्तजन गोसाइँकुण्ड पुग्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए । तीर्थ गर्न आएका भक्तजनले लौरीको नाममा वनस्पति नकाट्न र फोहोर जथाभावी नफाल्न लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह