Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

सेयरको आवेदनको म्याद पुनः थपियो

सेयरको आवेदनको म्याद पुनः थपियो
त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको रसुवावासीका लागि निष्कासन गरिएको सेयरको म्याद पुनः थप भएको छ ।

गत असार १३ गतेदेखि खुला भएको सेयर मागको आवेदन दिने म्याद साउन महिनाभर कायम रहेको रसुवागढी हाइड्रोपावरका कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी दिए । रसुवावासीले पाउने ६८ लाख ४२ हजार एक सय कित्ता सेयरमध्ये यथेष्ट आवेदन नआएपछि यो दोस्रोपटक आवेदन दिने म्याद थपिएको हो । कम्पनीले असार १३ गतेदेखि कारोबार खुला गरेको सेयर माग फारम भर्ने म्याद साउन १० गतेसम्म कायम रहे पनि जिल्लावासीको यथेष्ट माग फारम नपरेपछि नेपाल धितोपत्र बोर्डको अनुमतिमा साउन महिनाभर म्याद थप गरिएको रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ । सेयर खरिदमा सबै स्थानीयको सहभागी होस् भन्ने पवित्र अभिप्रायले रसुवागढी हाइड्रोपावरका प्रबन्ध निर्देशकलगायत कम्पनी परिवार सकारात्मक भावका साथ अगाडि बढिरहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह