ज्वरोको बिरामी बढ्न थाले

  • त्रिशूली प्रवाह
  • १२ श्रावण २०७९, बिहीबार ११:५९
Logo of trishuli prawaha

विदुर, वर्षात् सुरु भएसँगै नुवाकोट जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि त्रिशूली अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । नुवाकोटको त्रिशूली अस्पतालसहित गाउँ-गाउँमा रहेका स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य संस्थामा बिरामीको भिड लाग्ने गरेको छ । साथै, निजी अस्पताल तथा मेडिकलमा समेत बिरामीको उत्तिकै चाप बढ्न थालेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा छन् । बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ । डाक्टरले भिडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन् । पानी उमालेर मात्र पिउन र चिसोबाट जोगिनसमेत स्वास्थ्यकर्मीले जिल्लावासीलाई आग्रह गरेका छन् ।