तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १२ श्रावण २०७९, बिहीबार १२:०४
Buddha Eyes

आर्थिक बेथितिले गर्दा देश श्रीलंका हुने, टाट पल्टने खतराको चर्चै चर्चा हाम्रै पालामा ! सङ्घीयता घाँडो, प्रदेश र सामानुपातिक निर्वाचन प्रणाली खारेजीको बहस चलिरहँदा जिल्लाको पूर्वाधार कार्जेलयका प्रमुख र दुईवटा ठूलो कार्जेकालमा लेखा प्रमुख सरले उपभोक्ता र ठेकेदारको बिचल्ली बनाउँदा सदरमुकाममा हल्लीचल्ली ! उपभोक्ता समितिसँग सुका–मोहरमा रमाउँदा ठूलो पत्तोमा डिल हुने करोड भुक्तानी गर्नुपर्ने ठेकेदारको बिचल्ली ! भुक्तानी गर्नुपर्ने रकममा ¥याल चुहाएर काम नगर्ने कार्जेलयका प्रमुख र लेखा सरको राम्रोसँग पद्धोन्नति र तक्मा दिने गरी प्रजिअ सरमार्फत शुक्रबार जिल्ला आउनुभएकी राष्ट्रपतिसमक्ष सिफारिस भएको चर्चा । ठूला बजेट चलाउने कार्जेलयको हर्ताकर्ताको ठूलै ठाउँमा चर्चा हुँदा जिल्लाकै १२ वटा पालिकामध्ये तारकेश्वर प्रदेशभरिमै बेरुजु गराउनेमा दोस्रो भएपछि लेखा सरको राम्रै मूल्याङ्कनको सुरसार महालेखा ।