म्याद सकिएका औषधिबाट टेबलटेनिस बोर्ड

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०७९, बिहीबार १२:४७

धुन्चे, जिल्ला अस्पताल रसुवाको परिसरमा म्याद सकिएर टेन्टमा अलपत्र रहेको औषधिलाई व्यवस्थापन गर्न टेबलटेनिस बोर्ड निर्माण गरिएको छ ।
अस्पताललाई म्याद सकिएको औषधि कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भइरहेको अवस्थामा १०औँ तहको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शान्ति भुर्तेल नेपालको आइडियाले टेबलटेनिस बोर्ड बनाई औषधिको व्यवस्थापन गरिएको बताइएको छ । इनर्टिजेसन र इन्क्यापसुलेसन प्रविधिबाट यस्तो कार्य गरी म्याद सकिएको औषधिलाई गिटी, बालुवा मिसाइ बोर्ड बनाई भित्र प्याक गरेर उपयोग गरिएको छ । गुणस्तरीय व्यवस्थापन अपनाई अस्पतालवरिपरि सरसफाइलगायत वातावरणमैत्री हुने र साथै यो एउटा उदाहरणीय काम भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।