तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०७९, बिहीबार १२:५२
Buddha Eyes

दलहरूको समाजवादी बन्ने फेसन, नेताहरूको राष्ट्रवादी बन्ने प्रतिस्पर्धा, जनप्रतिनिधि भाइरल बन्ने दौडधुप, विकासे अड्डाका हाकिम सा’पहरू भुक्तानी दिन कन्जुस् ! प्राविधिक कर्मचारीको त कुरै नगरौँ हाम्रा जिल्लाका ! सबै क्षेत्र तह लगाउने जिम्मा प्रहरीमा छाड्दा जिल्लामा अवैध, पशुपक्षी ढुवानी गराउनेलाई हाइसन्चो ! जिल्लामा चोरीको घटना बढेपछि टाउको दुखाइमा रहेको प्रहरीलाई भेटेरेनरी अस्पतालले पशुपक्षीको निरोगिता प्रमाणित पत्तो लिँदै फोटो हेरेर दिन थालेपछि गाउँ-गाउँमा भैँसी र बाख्रा चोरको बिगबिगी ! भैँसी चोर भने गत हप्ता पक्राउ परेपछिको बयानमा निरोगिता प्रमाणपत्र खरिद गरेको भनेपछि भेटेरेनरी अस्पतालमा खैलाबैला, अनुसन्धानको सुई भेटेरेनरीतर्फ तेर्सियो !