बाढी-पहिरोको आक्रान्तमा नुवाकोट–रसुवा

  • त्रिशूली प्रवाह
  • २६ श्रावण २०७९, बिहीबार १३:३४

विदुर, अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण नुवाकोटमा आधा दर्जनभन्दा बढी पक्की पुलसहित हजारौँ मुरी धान उत्पादन हुने खेतमा क्षति पुगेको छ । पुलमा बाढीले क्षति गरेसँगै ती स्थानमा यातायातसमेत अवरुद्ध भएकाले सुचारु गराउन सम्बधित पालिकाको जनप्रतिनिधिको टोली लागिरहेको छ

नुवाकोट जिल्लाको दुप्चेश्वर, तादी, पञ्चकन्या, लिखु, शिवपुरीलगायतका गाउँपालिकाका पक्की पुल र केही खेतीयोग्य जमिनमा बाढी र पहिरोले क्षति पु¥याएको छ । अविरल वर्षापछिको बाढी र पहिरोले दुप्चेश्वर गाउँपालिकाको राउतबेँसी र पञ्चकन्या गाउँपालिकाको सिमरा फाँटको धानखेतीमा ठूलो क्षति पुगेको छ भने लिखु गाउँपालिकाको चौघडाफाँट, ढिकुरेफाँटलगायतका धान खेतमा ठूलो क्षति पु¥याएको नेपाली काङ्ग्रेस लिखु गाउँ कार्यसमितिका सभापति विनोद पाठकले जानकारी दिए । अविरल वर्षासँगै आएको तादी खोलाको भेलले दुप्चेश्वर गाउँपालिका-३ राउतबेँसीमा रहेको कौकेश्वर माविमा समेत क्षति पु¥याएको छ । यस्तै, तादी गाउँपालिका-४ सातबिसेबाट पञ्चकन्या गाउँपालिका-४ थप्रेक जोड्ने पक्की पुलमा क्षति पु¥याएको छ । तादी खोलामा आएको बाढीले बुद्धभूमि जलविद्युत् आयोजनाको बाँधस्थल र पेनस्टक पाइपमा समेत क्षति पु¥याएको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए । उनको अनुसार आदिशक्ति जलविद्युत् उत्पादन केन्द्रनजिकै दुईतर्फबाट खोलामा बाढी आएसँगै बीचमा फसेका तीनजनालाई काठको नोल लगाएर उद्धार गरिएको छ । बाढीले किसानको सयौँ रोपनी खेतमा लगाएको धानमा क्षति पुगेकोसमेत अध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार तादी खोलामा आएको बाढीले उक्त खोला हुँदै सञ्चालनमा रहेका सिँचाइ कुलोमा क्षति पु¥याएको छ भने त्यस कुलो हुँदै पसेको बाढीले किसानको धानखेतीमा ठूलो नोक्सान पु¥याएको छ ।

त्यस्तै, पञ्चकन्या गाउँपालिका-२ आप्रहबजार र तादी गाउँपालिका-५ बाहुनबेँसी जोड्ने पक्की पुलमा पनि क्षति पुगेको छ । बाढीले पञ्चकन्या गाउँपालिका-१ को सिमारा फाँट, लिखु गाउँपालिका-४ चौघडा, ३ सूर्यमति, वडा नम्बर-१ र २ खानीगाउँको ढिकुरेबजार आसपासमा ठूलो क्षति पु¥याएको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए । उनका अनुसार लिखु गाउँपालिका-३ सूर्यमतिबाट वडा नम्बर-१ ढिकुरेबजार जोड्ने पक्की पुलको ढिकुरेबजारतर्फको जगमा क्षति पु¥याएकाले सवारीसाधन र मानिस हिँडडुल गर्नसमेत नसक्ने भएको छ । आज अपराह्नसम्म गाडी आउ-जाउ गराउन सक्ने गरेर बनाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको छ । उक्त स्थानमा सडक सुचारु गराउन वडाध्यक्षलाई साथ लिएर गाउँपालिका अध्यक्ष श्रेष्ठ आफैँ बिहानैदेखि खटिएका छन् । तादी खोलामा आएको बाढीले नुवाकोटको प्रसिद्ध धार्मिकस्थल जालपादेवी मन्दिर देवीघाटमा समेत क्षति पु¥याएको छ । तादी खोलाको बाढी पसेर जालपादेवी मन्दिर पूरै डुबाएको छ भने मन्दिरमा लगाएको स्टिलको बार, टायल, ट्रस्टको छाना बगाएको विदुर नगरपालिका-५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए । उनको अनुसार मन्दिरमा पुगेको क्षतिले गर्दा दर्शन गर्नसमेत असहज बनाएको छ ।

स्थानीयवासीका अनुसार धेरै वर्षपछिको ठूलो वर्षा तादी खोलामा आएको हो । सूर्यमति खोलाको रूपमा परिचित रहेको तादी खोलाको मुहान सूर्यकुण्ड आसपास हँुदै बढेको पानीको बहाव ठाउँठाउँमा क्षति पु¥याउँदै दुप्चेश्वरको समुन्द्रटारमा आइपुग्दा खोला भरिएर आसपासमा क्षति पु¥याउँदै अघि बढेको हो । नेपाली काङ्ग्रेस लिखु गाउँ कार्यसमितिका सभापति पाठकका अनुसार रातको करिब १ बजेतिर तादी खोलामा आएको बाढी पछिल्लो ३० वर्षयताकै सबैभन्दा ठूलो देखिएको थियो । यसअघि ०५२ सालमा तादी खोलामा आएको बाढीले त्यस आसपासमा ठूलो क्षति पु¥याएको थियो भने त्यसयताकै ठूलो बाढी गत राति आएको ढिकुरेका स्थानीय तथा नेकपा माओवादी केन्द्रका नेता माधव धमलाले बताए । बाढी प्रभावित क्षेत्र दुप्चेश्वर, तादी, पञ्चकन्या, लिखुका जनप्रतिनिधि गत रातिदेखि क्षति रोक्नका लागि पूर्वतयारी, उद्धार तथा अवरुद्ध भएका सडक, बाटो, सिँचाइ कुलो सुचारु गराउन निरन्तर लागिरहेका छन् । यसैगरी, जिल्ला विपत् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालसहितको सुरक्षा निकायका प्रतिनिधि पनि तादी खोलाले पु¥याएको क्षतिको स्थलगत रूपमा अवलोकन गरेर उद्धार सामग्रीको व्यवस्थापनमा जुटेका छन् ।

त्यसैगरी, अविरल वर्षासँगै मंगलबार राति आएको पहिरोको कारण पासाङल्हामु राजमार्गको रसुवा खण्डको ठाउँठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको बेत्रावती-कालिकास्थान सडकखण्डअन्तर्गत पर्ने बनुवामा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको उत्तरगया गाउँपालिका-५ मा रहेको बनुवामा पहिरो गएका कारण बिहानैदेखि यातायात सञ्चालन अवरुद्ध भएको छ । पहिरोले बेत्रावती-मैलुङ सडकखण्डसमेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा आउन केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पासाङल्हामु राजमार्गको विभिन्न स्थानमा गएको पहिरोको बुधबार बिहान सडक डिभिजन नुवाकोटका डिभिजन प्रमुख अमृतमणि रिमालसहित प्राविधिकको टोलीले अनुगमन गरेर जतिसक्दो छिट्टो सुचारु गराउन आवश्यक पहल गरिसकेको छ । उत्तरगया गाउँपालिका-५ मा रहेको बनुवामा सडकको माथिदेखि तलको जगसहतसमेत भासिएकाले उक्त स्थानमा वैकल्पिक सडक बनाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको डिभिजन प्रमुख रिमालले जानकारी दिए ।