तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २६ श्रावण २०७९, बिहीबार १३:३६
Buddha Eyes

सबै नीतिको मूल राजनीति भन्ने गरिन्छ ! राजनीतिलाई ठीक ढङ्गले नेतृत्वले हाँक्न सकेन भने विदुर नगरपालिका हालत हुन्छ । नीति, नियमलाई धोती लगाउँदै चुनावी प्रतिशोधले काम गरेपछि हनिमुन नमनाउँदै विरोधका स्वरहरू छताछुल्ल ! नेतृत्वले सबैको भावनालाई समेट्दै अगाडि बढेको भए बहुमत प्रतिपक्ष एमालेको सहयोग नाकको चालले हुन्थ्यो कि ? टेकोको भरमा रहेका मेयर सा’पको उपमेयरसँग समेत सरसल्लाह हुन छाडेपछि कमरेडहरू मुर्मुरिँदै ! नगरको हितमा भन्दा पनि केही सहयोगीको हितमा काम गर्न थालेपछि मेयर सा’प विवादमा पर्ने नै भए । करारका कर्मचारी हटाउने निर्णय बोर्डले गर्नुपर्नेमा छायामेयरका बोर्डले गरेपछि नयाँ कार्यकारी अधिकृत ऐन-नियम पल्टाउँदै ! करारबाट हटाइएका भनिएका कर्मचारी कोहीलाई आई-आई, कोहीलाई जा-जा !