कोरोना सङ्क्रमित बढ्दै

  • त्रिशूली प्रवाह
  • २६ श्रावण २०७९, बिहीबार १४:५३

विदुर, नुवाकोट जिल्लामा कोरोना रोगका सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

लक्षणसहितको सङ्क्रमण देखा परेर परीक्षण गराउन त्रिशूली अस्पतालको प्रयोगशालामा पुग्नेको सङ्ख्या पछिल्लो समयमा वृद्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार लक्षणसहित अस्पतालमा जाँच गराउन आउनेलाई निःशुल्क परीक्षण गर्ने गरिएको छ भने रोग भए-नभएको भनेर जाँच गराउन जानेलाई एक हजार रुपैयाँ शुल्क लाग्ने गरेको छ । स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार अहिले जिल्लामा कोरोनाका सक्रिय सक्रमितको सङ्ख्या २२ पुगेको छ । विदुर नगरपलिकामा १९ जनासहित बेलकोटगढी नगरपालिका, सूर्यगढी र म्यागङ गाउँपालिकामा एक-एकजना नयाँ सङ्क्रमित थपिएका छन् ।