+
Search

ताजा अपडेट +

पपुलर +

नागरिक समाजको अधिवेंशन सम्पन्न

त्रिशूली प्रवाह
४ साल अगाडी

विदुर, नुवाकोट नागरिक समाजको पहिलो जिल्ला अधिवेंशन गत हप्ता सम्पन्न भएको छ । संविधानले ब्यवस्था गरेका नागरिक हक अधिकार स्थापित गराउने उद्देश्यले दुई वर्षअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको नागरिक समाजको सम्पन्न अधिवेंशनले पुनः बद्रीप्रसाद त्रिपाठीलाई अध्यक्षमा सर्वसम्वत चयन गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

जिल्लाको १२ वटै पालिकाको प्रतिनिधित्व रहेको उक्त अधिवेंशनले उपाध्यक्षमा बसन्त रिजाल, सचिवमा रामजी भट्ट, सह-सचिवमा लालुप्रसाद न्यौपाने, कोषाध्यक्षमा देवकी नेपाल, सदस्यमा नवराज कोईराला, उत्तम पाठक, कृष्णमान घले, शारदा खनाल, महेन्द्र कोईराला, मदनकुमार न्यौपाने, भोजबहादुर नेपाली, हिरा पाण्डे लामा, कृष्णप्रसाद पाण्डे, रामचन्द्र लामा चयन भएका छन् । उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष विष्णुप्रसाद सापकोटा, उपभोक्ता संरक्षण मञ्चका जिल्ला अध्यक्ष इन्द्रबहादुर पण्डित, नुवाकोट आर्दश बहुमुखी क्याम्पसकाका प्रमुख सुकुमान डंगोललगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह