+
Search

ताजा अपडेट +

पपुलर +

‘ऐतिहासिक नुवाकोट’ सार्वजनिक

‘ऐतिहासिक नुवाकोट’ सार्वजनिक
त्रिशूली प्रवाह
४६ मिनेट अगाडी

विदुर । नुवाकोटसम्बन्धी विवरणात्मक पुस्तक ‘ऐतिहासिक नुवाकोट’ भाग १ आइतबार सार्वजनिक भएको छ । विदुर–२, नुवाकोटका रामहरि आचार्यले लेख्नुभएको सो कृति डा. सुवास आचार्यले प्रकाशन गर्नुभएको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नुवाकोटको पहिचान र इतिहासका हालसम्मका सर्वव्यापी स्रोतभन्दा व्यापक, गहन र कतिपय पक्षमा भिन्न अभिमत जाहेर गरिएको पुस्तक १६ खण्डमा विभाजित छ । पाँच सय ४३ पृष्ठ र रु.एक हजार मूल्यको पुस्तकमा नुवाकोट जिल्लाको परिचय, नामकरण, यहाँका मठमन्दिरदेखि हिटी, ढुङ्गेधारा, कुवा, पोखरी, इनार र चौताराको विवरण समेटिएको छ । त्यसैगरी जात्रामात्रा, देवीदेवता, जात्रापर्वसँग सम्बन्धित गुठी, श्रीका धामी, द्वारे र कुमारी, साबिक भैरवी र विदुर पञ्चायतका सार्वजनिक जग्गाको विवरण, नुवाकोटसँग इतिहासमा जोडिने विविध पक्ष पनि खोजी गरी प्रस्तुत गरिएको छ ।

Suzuki New Bike & Scooter

पुस्तकमा धर्म, पृथ्वीनारायण शाह, राज्य एकीकरण, शासक-शासनका प्रतिनिधि र जनप्रतिनिधि, वेत्रावती सन्धि र अबको बाटोजस्तो विषयवस्तु पनि समेटिएको छ । पुस्तकबाट ऐतिहासिक नुवाकोटसम्बन्धी जानकारी लिन चाहनेलाई सहयोग पुग्ने विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह