तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २ भाद्र २०७९, बिहीबार १४:२९
Buddha Eyes

देश र जनताले सुखको सास फेर्ने दिन नआउने भो ! विगत सात दशकदेखिको राजनीतिक परिवर्तनको आन्दोलन अझै सकिएको छैन । एकपछि अर्को समूह जन्मने क्रम अझै यथावत् ! सात दशकदेखि राजनीतिक आन्दोलनबाट सङ्घीय व्यवस्था कार्यान्वयन आएको छ । अब समृद्धिको चरणमा हाम्रो देश प्रवेश गर्छ भन्दाभन्दै कपाल फुलेको यो तेस्रो आँखाले पत्तै पाएन । सदरमुकामको बजारक्षेत्रमा चन्दाआतङ्क व्यापक हुँदा प्रशासन अनभिज्ञ ! अझै पनि यो वा त्यो अमूक दलको नाममा सदरमुकामको बजारमा चन्दा उठाउन पेपर बम घरघरमा छाडेपछि उद्योगी-व्यवसायी दशवर्षे द्वन्द्व सम्झँदै तै चुप मै चुप ! कोरोनाले थिलथिलाएको उद्योगी-व्यवसायी स्थानीय निर्वाचनपछि तङ्ग्रिँदै गर्दा चन्दाआतङ्क कहिलेसम्म ?