किसान महासङ्घको भेला सम्पन्न

  • त्रिशूली प्रवाह
  • २ भाद्र २०७९, बिहीबार १५:५४

विदुर, नेकपा एकीकृत समाजवादीनिकट अखिल नेपाल किसान महासङ्घ नुवाकोटको चौथो बैठक एवम् दोस्रो जिल्ला भेला विदुरमा सम्पन्न भएको छ । सीताराम थापाको अध्यक्षतामा बैठक एवम् भेला सम्पन्न भएको हो ।

भेलाले विषयगत जिल्ला घटक सङ्घका १० जना संयोजक छनोट गरेको छ । तरकारी किसान सङ्घको संयोजकमा ठाकुरप्रसाद भण्डारी, महिला किसान सङ्घको संयोजकमा धनकुमारी रिजाल, अलैँची किसान सङ्घको संयोजकमा लेखतबहादुर केसी, फलफूल किसान सङ्घको संयोजकमा लेखप्रसाद बोहरा, दूध उत्पादन किसान सङ्घको संयोजकमा रामगोपाल सिलवाल, खाद्यबाली किसान सङ्घको संयोजकमा रामप्रसाद अधिकारी, आलु उत्पादन किसान सङ्घको संयोजकमा सहदेव राई, मौरीपालन किसान सङ्घको संयोजकमा आशादेवी श्रेष्ठ, अदुवा-बेसार उत्पादन किसान सङ्घको संयोजकमा गीता अधिकारी र पशुपालन किसान सङ्घको संयोजकमा सुनिता तामाङ चयन भएका छन् । ०७९ साउन २१ गतेको भेलाले चारजनालाई कमिटीमा थप गरेको छ । सावित्री खरेल, डल्लीमाया तामाङ, आशादेवी श्रेष्ठ र सुनिता तामाङलाई थप गरी जिल्ला कमिटी ५७ जना पु¥याएको अध्यक्ष थापाले जानकारी दिएका छन् । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय परिषद् सदस्य एवम् अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सम्पादन समितिका सदस्य यमकुमार खातीले वर्तमान नेपाली क्रान्तिको चरित्र र समाजवादको कार्यदिशा एवम् मार्गदर्शन सिद्धान्तका आधारबारे प्रशिक्षणमूलक मन्तव्य राखेका थिए ।