चोगदे, समाजसेवी हितबहादुर प्याकु¥याल ‘धर्म’ले बागेश्वरी मावि नुवाकोटका लागि सरस्वतीदेवीको मन्दिर पुनर्निर्माण गराइदिएका छन् ।
विद्यालयका पूर्वप्रधानाध्यापक प्याकु¥यालले पाँच लाख रुपैयाँको लागतमा पक्की मन्दिर बनाइदिएका हुन् । उनले सूर्यगढी गाउँपालिका-३ चोकदेस्थित मन्दिरमा देवीको मूर्ति पनि प्रतिस्थापन गरिदिनाको साथै फलफूल बाटिका पनि निर्माण गरिदिएका छन् । अधिवक्ता र राजनीतिकर्मी पनि रहेका प्याकु¥यालले ०२२ मा आफ्नो निजी जग्गामा विद्यालय र पुस्तकालय भवन बनाउनुका साथै १४ वर्षसम्म निःशुल्क अध्यापन गराएका थिए ।