अनेमसंघको बिस्तारित बैठक सम्पन्न

  • त्रिशूली प्रवाह
  • ५ भाद्र २०७९, आईतवार ११:५६

विदुर, नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला (अनेम) संघ नुवाकोटको पालिकास्तर प्रशिक्षण तथा बिस्तारित बैठक सम्पन्न भईरहेको छ । ६ वटा पालिकामा प्रशिक्षण र बिस्तारित बैठक सम्पन्न गरी विभिन्न विभाग गठन समेत भईसकेको अनेमसंघ नुवाकोटकी अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो ।

संघले गत साउन १८ र १९ गते जिल्लास्तरीय प्रशिक्षण र बिस्तारित बैठक गरी १२ वटै पालिकामा बृहत प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो । अनेमसंघ वाग्मती प्रदेश कमिटिकी अध्यक्ष एवं नेकपा एमालेको पोलिटब्युरो सदस्य सुशिल नेपालको आतिथ्यतामा र नेकपा एमालेका केन्द्रिय सदस्य एवं नुवाकोट जिल्ला इञ्चार्ज बिन्दा ढुंगानाको विशेष आतिथ्यतामा जिल्लास्तरीय प्रशिक्षण सम्पन्न भएको थियो । जिल्लाको विदुर नगरपालिका, लिखु, किस्पाङ, म्यागङ, शिवपुरी गाउँपालिकामा प्रशिक्षण र बिस्तारित बैठक सम्पन्न भईसकेको छ । भाद्र २५ गतेभित्र १२ वटै पालिका र ८८ वडामा प्रशिक्षण गरी नयाँ सदस्यता समेत प्रदान गर्ने कार्यक्रम अनेमसंघले तय गरेको छ ।