+
Search

ताजा अपडेट +

पपुलर +

सवारी चालकको स्वास्थ्य परीक्षण

सवारी चालकको स्वास्थ्य परीक्षण
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोट जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटना न्युनीकरण गर्न लामो तथा छोटो दुरीमा चल्ने सवारीका चालकको स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ ।

Utsuk Books & Stationery

जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजना तथा पुजा चस्मा पसल र सापकोटा पोलिक्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा चालकको निःशुल्क स्वास्थ्य जाँच तथा आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ सय ५० साना तथा ठूला सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण तथा आँखाको जाँच गरिएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका वरिष्ठ प्रहरी नायव निरीक्षक गुणनिधी खकुरेलले जानकारी दिनुभयो । शिविरमा चालकको सामान्य स्वास्थ्य परिक्षणदेखि उच्च रक्तचाप समेत जाँच गरिएको थियो । सबै सवारी चालकलाई सवारी दुर्घटनाबाट हुने जोखिम न्युनीकरणको सचेतना फैलाउने तथा सवारी चालकलाई सवारी दुर्घटना न्युनीकरण गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य जाँच तथा आँखा परिक्षण कार्यक्रम सञ्चालन गरेको वरिष्ठ प्रहरी नायव निरीक्षक खकुरेलले जानकारी दिनुभयो । सवारी चालक र सहचालकको स्वास्थ्य र आँखा चेक जाँच गर्नुले सबैलाई सचेत गराउने मात्र नभई धनजनको क्षति हुनबाट जोगाउने काम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विदुरले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह