तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ९ भाद्र २०७९, बिहीबार १०:५५
Buddha Eyes

पाँचदलीय सत्तागठबन्धनको गाँठो कसिलो गर्न खोज्यो, फुस्कँदै गएको पत्तै पाउँदैनन् शीर्ष नेताले । गठबन्धन भन्दा-भन्दै नेताले म कुन पार्टीको र मेरो चुनाव चिह्न के हो भनेर निर्वाचन आयोगलाई सोध्नुपर्ने अवस्था आए पनि नुवाकोटमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि सिटभन्दा बढी आकाङ्क्षी हुँदा सिट बाँडफाँडमा सकस् ! काङ्ग्रेसको तीन धार र माओवादी केन्द्रको दुई धारको व्यवस्थापन गर्न नसक्दा शीर्ष नेतृत्व नै बाहिर बस्नुपर्ने अहिलेको अवस्था ! गत स्थानीय निर्वाचनमा जस्तै टिकट पाउनेले टिकट नपाउनेलाई आर्थिक सहयोग गर्ने सहमति काङ्ग्रेसमा हुने हो कि भन्ने चिन्तामा जिल्ला सभापति । उम्मेदवार बन्न स्थानीय निर्वाचनमा सहकर्मीलाई पन्छाउन चेक बाँडेको चर्चाले केन्द्रीय प्रवक्ता डा. महतको घरमा भेटघाटमा आवत-जावत गर्ने कार्जेकर्तामा रडाकु ! त्यसबेलाको चेक एभरेस्ट बैंकबाट पटक-पटक फर्किरहेको उजुरी गर्न ठाउँ नभएर ती नेता तनावमा !