विदुर, नेपाल सरकारको कृषि र पशुपालन व्यवसायमा वृद्धि गरी जनताको आयस्तर उकास्ने, स्थानीयस्तरमा थप रोजगार सिर्जना गर्ने उद्देश्यका साथ ०६९ माघ १ गतेबाट कृषि, पशुपक्षी तथा जडीबुटी बिमा सुरु गरेको थियो । सरकारको कृषि, पशुपक्षी तथा जडीबुटी बिमाको कार्यक्रमलाई कार्यान्वयन गर्न शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नुवाकोट शाखाले सहयोग गरिरहेको छ ।
सङ्घीय सरकार र स्थानीय सरकारले बिमा शुल्कमा कृषकलाई अनुदान दिइरहेकाले कृषि, पशुपक्षी तथा जडीबुटी बिमा गराउने कृषकको सङ्ख्या बर्सेनि बढिरहेको छ । शिखरले नुवाकोट र रसुवा जिल्लामा कृषि पशुपक्षी तथा जडीबुटी बिमा कार्यक्रम गाउँगाउँमा पु¥याएको छ । बिमाप्रति कृषकको सक्रिय सहभागिता बढेको छ । नुवाकोट र रसुवामा निर्जीवन बिमा कम्पनीमध्ये अब्बल कम्पनीको रूपमा स्थापित शिखरले गत आ.व. ०७८ ÷७९ मा कृषि र पशुपक्षी बिमामा कुल बिमाङ्क रकम एक अर्ब ६ करोड २९ लाख ८७ हजार पाँच सय ७६ रुपैयाँबराबरको कृषि पशुपक्षी तथा जडीबुटीको बिमा गरी तीन करोड १२ लाख ३४ हजार ३९ रुपैयाँ र बिमा प्रिमियम मूल्य सङ्कलन गर्न सफल भएको छ ।
लिखु गाउँपालिकाले कृषि र पशुपालन व्यवसायमा वृद्धि गरी समुन्नत लिखुको विकास गर्ने उद्देश्यले गाउँपालिकाको प्रमुख धु्रव श्रेष्ठले विगत दुई वर्षदेखि कृषि र पशुपक्षी बिमा शुल्कमा ५० प्रतिशत अनुदान कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । आ.व. ०७८/७९ मा आठ सय ९५ कृषकको एक सय ३४ गाई, आठ सय १९ भैँसी, पाँच सय १५ बाख्रा, एक सय १७ बङ्गुर गरी कुुल नौ करोड ७८ लाख १४ हजार रुपैयाँबराबरको बिमाङ्क रकमको पशुधनको बिमा गराएको पशुसेवा शाखाको नायव स्वास्थ्य प्राविधिक रामकुमार राईले जानकारी दिए । जिल्लामा पछिल्ला वर्षमा कृषि पशुपक्षी तथा जडीबुटीको बिमा कार्यक्रम प्रभावकारी बन्दै जानुमा कृषक/फर्म व्यवसायीमा चेतनाको विकास, विगतका दिनमा बिमा कम्पनीले जिल्लामा पु¥याएको सेवा, स्थानीयस्तरमा सञ्चालनमा रहेका डेरी, सहकारी, सञ्चारमाध्यम, सङ्घ-संस्था, गाउँपालिका, नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र/कृषि ज्ञान केन्द्रको महत्वपूर्ण भूमिका रहेको शिखर इन्स्योरेन्सका शाखा प्रमुख सुरेन्द्र राईले जानकारी दिए ।
०७१ देखि नुवाकोट र रसुवाका जनतालाई निर्जीवन बिमा सेवा गरेको शिखरले दुईजना पशु प्राविधिकसहित आठजना कर्मचारीमार्फत जिल्लाको सुगमदेखि दूरदराजसम्म सेवा पु¥याउँदै आएको छ । कम्पनीले नुवाकोट र रसुवा जिल्लामा पशुधन र पक्षी बिमाअन्तर्गत चार हजार पाँच सय ८३ कृषक/फर्मको चार हजार पाँच भैँसी/राँगा/पाडापाडी, नौ सय ४८ गाई/चौँरी, तीन हजार आठ सय २६ बाख्रा, तीन सय ४१ बङ्गुर, पक्षीतर्फ ७४ हजार सात सय ६१ ब्रोइलर/लेर्यस/प्यारेन्ट, कृषितर्फ ६ कृषक/फर्मको ४६ वटा पोखरीमा रहेका ९९ हजार दुई सय ४२ माछा र ४४ कृषक/फर्मको ८० रोपनीमा रहेका तरकारी तथा फलफूलको गरी नुवाकोट र रसुवाभरि कुल चार हजार ६ सय ३३ जना कृषक/फर्मको बिमा गरेको छ ।
मोटर, घर/सम्पति, स्वास्थ्य बिमा, सामूहिक दुर्घटना बिमा इन्जिनियरिङ, सामुद्रिक बिमा आदिको ६० लाख, पशुधन बिमाअन्तर्गत ९४ भैँसी/राँगा/पाडापाडीको मृत्यु क्षतिपूर्ति रकम ८१ लाख ५४ हजार रुपैयाँ, ३७ गाईको मृत्यु क्षतिपूर्तिबापत रकम १९ लाख ४६ हजार पाँच सय रुपैयाँको मृत्यु क्षतिपूर्ति रकम, एक सय ५२ बाख्राको मृत्यु क्षतिपूर्ति रकम २६ लाख ६१ हजार ६० रुपैयाँ, १५ बङ्गुरको दुई लाख ६१ हजार क्षति रकम गरी कुल एक करोड ३० लाख २२ हजार पाँच सय ६० रुपैयाँको पशुपक्षीको क्षतिपूर्ति दिएको छ । पशुको बिमासँगै हुने पशुधनीको दुर्घटनाबापत दुई लाख र व्यक्तिगत लघु बिमाको तीन लाख, गाडी गरी कुल एक करोड ९५ लाख २२ हजार पाँच सय रुपैयाँ नुवाकोट शाखाबाट गत आवमा क्षति बिमितलाई हस्तान्तरण गरेको थियो । कृषि तथा पशुपक्षीको र उत्पादन र लागतमा बिमा गर्न सकिने बिमा गराउँदा बिउ नै रोपेको हो भने १० दिनभित्र र बेर्ना रोपेको हो १५ दिनभित्र बिमा गर्नुपर्ने, बिमा गर्न कृषि प्राविधिकले तयार पारेको उत्पादन वा लागतमा आधारित भएर गर्न सकिने र पशुधन बिमा गर्न पशु प्राविधिक कृषकको गोठ/फर्ममा गई पशुको स्वास्थ्य परीक्षण गरी स्थानीयस्तरमा खरिद-बिक्री गर्दा पाउने रकमलाई आधार मानेर मूल्य निर्धारण गरेर बिमा गर्ने र बिमा गरेको पशुधन १५ दिनभित्रमा दुर्घटनाबाहेक अन्य कारणबाट क्षति भएमा क्षति दाबी नलाग्ने प्रावधान रहेको छ ।
साथै, बिमा गरेको कृषि बाली क्षति भएमा सात दिनदेखि १५ दिनभित्र कम्पनीमा खबर गर्नुपर्ने र पशुपक्षी बिमाको हकमा तीन दिनभित्र खबर गरी लिखित निवेदन दुई दिनभित्र दाबी निवेदन दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । क्षति भएको आवश्यक कागजपत्र १५ दिनभित्र कार्यालयमा आएमा २१ देखि ३५ दिनभित्र क्षति दाबी ९० प्रतिशत भुक्तानी सम्बन्धित कृषक/फर्मलाई कम्पनीले दिने गरेको छ । शिखरले नुवाकोटमा गत आर्थिक २०७८/०७९ मा ४६ सय ३३ जना कृषक/फर्मको र २७ सय ४३ जनाको मोटर, घर/सम्पत्ति, स्वास्थ बिमा, सामूहिक दुर्घटना बिमा इन्जिनियरिङ, सामुद्रिक गरी बिमित सात हजार तीन सय ७६ जनाबाट कुल पाँच करोड एक लाख ५४ हजार नौ सय ४३ रुपैयाँबराबरको कारोबार गरेको थियो ।




प्रतिक्रिया