जिल्ला दररेट निर्धारण

  • त्रिशूली प्रवाह
  • ९ भाद्र २०७९, बिहीबार ११:१२

धुन्चे, सार्वजनिक खरिद नियमावलीबमोजिम रसुवाले आ.व. ०७७÷७८ का लागि जिल्लाभित्र सरकारी निकायबाट हुने विकास निर्माण र सेवा कार्यका लागि नयाँ दररेट निर्धारण गरेको छ ।

चालू आ.व.का लागि जिल्लाका कामदारको ज्याला, ढुवानी सामग्री र मेसिन तथा उपकरणको भाडालगायतका विषयमा नयाँ दररेट कायम भएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीको अध्यक्षतामा गत हप्ता बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले पुरानो दररेटलाई समयानुकूल परिमार्जन गरी नयाँ दररेट निर्धारण गरेको हो । बैठकले विषयगत कार्यालयको सिफारिस, बजार मूल्य, सम्बद्ध सरोकारवाला निकायसँगको छलफल र सुझावको आधारमा नयाँ दररेट निर्धारण गरिएको जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ । समितिले चालू आ.व.का लागि विभिन्न प्रयोजनका लागि श्रमिक एवम् कामदारको ज्यालासहित सामान ढुवानी, लोड-अनलोड मूल्य, निर्माण सामग्रीका नयाँ मूल्य निर्धारण गरेको छ । जिल्ला दररेटमा उल्लेख नभएका निर्माण सामग्रीको हकमा छिमेकी जिल्ला नुवाकोट, धादिङ र काठमाडौंको दररेटलाई आधार मानेर पनि ढुवानी भाडा थप गरेर गर्न सकिने निर्णय समितिले गरेको छ ।