+
Search

ताजा अपडेट +

पपुलर +

महिला जनप्रतिनिधिलाई सम्मान

त्रिशूली प्रवाह
४ साल अगाडी

विदुर, नेकपा एमालेको भगिनी सङ्गठन अखिल नेपाल महिला (अनेम) सङ्घ नुवाकोटले शनिबार गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित ४६ जना महिला जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा तिजको दर खाने र नाचगान कार्यक्रमसमेत भएको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सङ्घले पालिकास्तर प्रशिक्षण तथा विस्तारित बैठक सम्पन्न गरिरहेको छ । ६ वटा पालिकामा प्रशिक्षण र विस्तारित बैठक सम्पन्न गरी विभिन्न विभाग गठनसमेत भइसकेको अनेमसङ्घ नुवाकोटकी अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन् । सङ्घले गत साउन १८ र १९ गते जिल्लास्तरीय प्रशिक्षण र विस्तारित बैठक गरी १२ वटै पालिकामा बृहत् प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो । अनेमसङ्घ बागमती प्रदेश कमिटिकी अध्यक्ष एवम् नेकपा एमालेको पोलिटब्युरो सदस्य सुशीला नेपालको आतिथ्यतामा र नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नुवाकोट जिल्ला इन्चार्ज बिन्दा ढुङ्गानाको विशेष आतिथ्यतामा जिल्लास्तरीय प्रशिक्षण सम्पन्न भएको थियो । जिल्लाको विदुर नगरपालिका, लिखु, किस्पाङ, म्यागङ, शिवपुरी गाउँपालिकामा प्रशिक्षण र विस्तारित बैठक सम्पन्न भइसकेको छ । भदौ २५ गतेभित्र १२ वटै पालिका र ८८ वडामा प्रशिक्षण गरी नयाँ सदस्यतासमेत प्रदान गर्ने कार्यक्रम अनेमसङ्घले तय गरेको छ । सङ्घले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि महिला उम्मेदवार उठाउनेबारेमा समेत बृहत् छलफल गरिरहेको छ । सङ्घले शनिबार गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नुवाकोटबाट एमालेको तर्फबाट निर्वाचित ४६ जना महिला जनप्रतिनिधिलाई सम्मान गरेको थियो । नेकपा एमालेको केन्द्रीय सदस्य एवम् नुवाकोट जिल्ला इन्चार्ज बिन्दा ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा दर खाने र नाचगान गरेर तिजको शुभकामना आदान–प्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह