+
Search

ताजा अपडेट +

पपुलर +

प्रजातान्त्रिक विचार समाजको जिम्मा होमनाथलाई

प्रजातान्त्रिक विचार समाजको जिम्मा होमनाथलाई
त्रिशूली प्रवाह
४ साल अगाडी

विदुर, प्रजातान्त्रिक विचार समाज नुवाकोट शाखाको पाँचौँ जिल्ला अधिवेशन गत महिना सम्पन्न भएको छ । गत साउन २१ गते सम्पन्न अधिवेशनमा नेतृत्वको आकाङ्क्षी धेरै भएपछि अधिवेशनले नेतृत्व चयन गर्न नसकेपछि भदौ ४ गते शनिबार पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नेपाली काङ्ग्रेसनिकट बुद्धिजीवीको संस्था प्रजातान्त्रिक विचार समाज नुवाकोट अध्यक्षमा विनपा-७ तुप्चेका पूर्वशिक्षक होमनाथ नेपाल शनिबार सर्वसम्मत चयन भएका छन् । समाजको उपाध्यक्षमा मञ्जु चित्रकार, सचिवमा परशुराम अर्याल, सहसचिवमा बद्रीराम प्याकुरेल, कोषाध्यक्षमा जानुका अधिकारी चयन भएका छन् । त्यसैगरी, सदस्यमा गोकर्ण पुडासैनी, अष्टमान डङ्गोल, दीपक तिवारी, माधवराज सिलवाल, गोकर्ण नेपाल, रामचन्द्र ढुङ्गेल, मणिराज घिमिरे, गणेश पाण्डे, अर्जुनप्रसाद घिमिरे, भगवती घिमिरे निर्वाचित भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा नारायणमान डङ्गोल, शिवप्रसाद रिजाल, सचितानन्द उप्रेती, सन्तोष नेपाल, शालिकराम चालिसे, हरेराम गिरी, विश्वरूप अधिकारी, षडानन्द अर्याल, रामेश्वर मिश्र, सुनिल श्रेष्ठ, रामबहादुर थापा, शम्भुप्रसाद शर्मा, प्रमाण जैस, मुकुन्दराज अर्याल, वसन्तजंग ठकुरी, उपेन्द्र बुढाथोकीलाई चयन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह