पीडितको परिवारलाई चेक हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • १७ भाद्र २०७९, शुक्रबार १०:२५

विदुर, शिखर इन्स्योरेन्स कम्पनी नुवाकोट शाखा कार्यालयले ०७९ असार १८ गते विदुर नगरपालिका वडा नम्बर ३ मैरीटारका श्रीमती मोतीमाया श्रेष्ठ र निजको छोरा युनिक श्रेष्ठलाई त्रिशूली नदीले बगाएर मृत्यु भएकामा निज मोतीमाया श्रेष्ठको शिखर इन्स्योरेन्स कम्पनीमा गत ०७८ पुस १३ गते पशुधन बिमालेखसँगै दुई लाख रुपैयाँको दुर्घटना बिमासमेत गरेकी थिइन् । उक्त बिमाअनुसार मृतकको श्रीमान् पूर्णलाल श्रेष्ठलाई विदुर नगरपालिका-३ वडा कार्यालयमा स्थानीयको रोहवरमा शिखर इन्स्योरेन्सले दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

सोही बिमालेखको आधारमा निजको श्रीमान् पूर्णलाल श्रेष्ठले गत साउन ४ गते दाबी भुक्तानीका लागि लिखित निवेदन शाखा कार्यालयमा पेस गरेपछि सम्पूर्ण आवश्यक कागजपत्र गत साउन ११ गते पेस गरेपश्चात् निजको दाबीअनुसार इन्स्योरेन्सले उक्त रकम प्रदान गरेको हो । सो रकम वडाध्यक्ष बद्रीप्रसाद रिमालको रोहवरमा त्रिशूल दुग्ध डेरीको सञ्चालक शिवप्रसाद न्यौपाने, शिखर इन्स्योरेन्स कम्पनीको शाखा प्रमुख सुरेन्द्र राई र सोही कम्पनीको कृषि प्राविधिक महेश्वर भुर्तेलको उपस्थितिमा दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । मृतकको खोजतलासको क्रममा गत असार २५ गते लास भेटिएको थियोे ।