सुजुकी एभेनिस स्कुटर बजारमा

  • त्रिशूली प्रवाह
  • १७ भाद्र २०७९, शुक्रबार १०:३१

विदुर, सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भिजी अटोमोबाइलले सुजुकी एभेनिस स्कुटर बजारमा ल्याएको छ । अहिले नेपालमा बिक्रीका लागि रहेका स्कुटरमध्ये उत्कृष्ट स्कुटरको रूपमा सुजुकी एभेनिस बजारमा रहेको छ । सुजुकीको स्कुटर र मोटरसाइकलमा पाँच वर्षको वारेन्टीसमेत रहेकाले स्कुटर र मोटरसाइकलका पारखीले रुचाउने गरेको दाबी कम्पनीले गरेको छ ।

भिजी अटोमोबाइल्सका प्रबन्ध-निर्देशक निकुञ्ज अग्रवाल, सुजुकी मोटर्स इन्डियाका म्यानेजर शंकर तलवार र भिजी अटोमोबाइलका महाप्रबन्धक धीरज भट्टराईले संयुक्त रूपमा सुजुकी एभेनिस स्कुटर गत हप्ता काठमाडौंमा सार्वजनिक गरेका थिए । स्कुटर पछिल्लो पुस्ता (जेन जेट)लाई लक्ष्य गरी बजारमा ल्याइएको जनाउँदै कम्पनीले यसको शक्ति, प्रदर्शनी र स्टाइल उत्कृष्ट विशेषता रहेको जनाएको छ । लक्षित वर्गलाई विशेष ध्यान दिई बनाइएको यो स्कुटर सबैले मन पराउने कुरामा कम्पनी विश्वस्त रहेको भिजी अटोमोबाइल्सका प्रबन्ध-निर्देशक अग्रवालले बताए । नुवाकोट-रसुवाका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता उत्सुक अटोमोबाइल्स बट्टार रहेको छ । नुवाकोटमा यो स्कुटर आधा दर्जन बुकिङ र आधा दर्जन बिक्री भएको उत्सुक अटोमोबाइल्सले जानकारी दिएको छ । विगत १० वर्षदेखि सुजुकीको स्कुटर, मोटरसाइकल बिक्री, स्पेयर्स पार्टस् र सर्भिसको सेवा बट्टारमा उपलब्ध छ ।