तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १७ भाद्र २०७९, शुक्रबार १०:३६
Buddha Eyes

काठमाडौंमा हुने हरेक प्रकारको हल्लीचल्लीले नुवाकोट प्रभावित हुँदै आएको छ । जिल्ला जोडिएकाले हुनपर्छ ! तुरुन्त प्रभाव पर्नुको कारण जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने उखानलाई सम्झँदै विदुर नगरवासी गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी अन्तर्राष्ट्रिय मार्गको मेयरको वडामा सडक स्तरोन्नति हुनेमा दङ्ग छन् । विदुरका मेयरले पनि देवीघाटदेखि बेत्रावतीसम्मको सडक अतिक्रमण गरेर बनेका घर, टहरालगायत अन्य पक्की संरचनादेखि अन्डरग्राउन्ड पार्किङका लागि छुट्याइएका नक्साबिना बनेका निजी, सरकारी र अर्धसरकारी भवन अनुगमन गर्न करारमा कर्मचारीका लागि विज्ञापन खुलाएको चर्चाले बालेन्द्र ओझेलमा ! सडक अतिक्रमण सबैभन्दा बढी मेयरकै निजी निवास बट्टार-विदुर क्षेत्रमा भएपछि भोट फिर्ता माग्न खैलाबैला ! मेयरभन्दा पनि आधा दर्जन छाया मेयरको आतङ्कले दलप्रसादहरू खुइ !