+
Search

ताजा अपडेट +

पपुलर +

बिमा सचेतना कार्यक्रम सम्पन्न

बिमा सचेतना कार्यक्रम सम्पन्न
त्रिशूली प्रवाह
४ साल अगाडी

विदुर, शिखर इन्स्योरेन्स कम्पनी लि. नुवाकोटले सोमबार विदुर नगरपालिका-२ मा कृषक, फर्म, व्यवसायी, दुग्ध डेरी, कृषि सहकारी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाको प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, नुवाकोट उद्योग वाणिज्य सङ्घ, पत्रकार र सरोकारवाला निकायको संयुक्त उपस्थितिमा बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव दाहाल, तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता लामा, विदुर खानेपानी सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सञ्जीव श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, विदुर नगरपालिका-३ का अध्यक्ष बद्रीप्रसाद रिमाल, डेरी व्यवसायीको तर्फबाट शिवप्रसाद न्यौपाने, कृषि सहकारीको तर्फबाट रामप्रसाद पुुडासैनी, कृषक र फर्म व्यवसायीको प्रतिनिधित्व गर्दै नवराज थापाले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका सहभागीबाट उठेको गुनासो र सवालको जवाफ शिखर इन्स्योरेन्स कम्पनीका जनरल डेपुटी म्यानेजर उदीतप्रसाद काफ्लेले दिएका थिए । उनले देशभर एक सय १० शाखा विस्तार गरी हालसम्म ६ सय १६ जना कर्मचारीलाई रोजगार दिएको र कम्पनी निर्जीवन बिमा कम्पनीमध्ये उत्कृष्ट कम्पनीको रूपमा स्थापित भएको दाबी गरे । सो कार्यक्रममा कम्पनीको बागमती प्रदेश सहइन्चार्ज सीताराम अर्यालले कम्पनीको संस्थागत संरचना र वित्तीय विवरण प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनीको नुवाकोट र रसुवाको शाखा प्रमुख सुरेन्द्र राईले स्वागत मन्तव्य राखेका थिए भने यसै कम्पनीको कृषि तथा पशु प्राविधिक महेश्वर भुर्तेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह