तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ६ आश्विन २०७९, बिहीबार १५:३०
Buddha Eyes

स्थानीय निकाय जनताको घरदैलोको सरकार ! स्थानीय सरकारले जनताको दुःखपीडालाई नजिकबाट बुझ्न र मल्हम लगाउँछ भनेर सङ्घीयता आयो । नुवाकोटको विदुर नगरपालिकामा भने जनप्रतिनिधिको जुँगाको फाइँफुइँले जनतालाई सास्ती ! नगरको दूरदराजको वडा नं. १३ का ज्येष्ठ नागरिक भत्ता बुझ्न बट्टारको बैंकसम्म आउनुपरेपछि दैलोको सरकार भएको महसुस ! वडा नं. ४ मेयर र उपमेयरको वडा हुनुको फाइदा बैंकजति सबै नगरपालिकाको बैंकिङ कारोबार गर्ने सर्तमा बट्टार थुप्रँदै । नगरले नयाँ योजनामा बजेट निकास गरेपछि गत वर्ष काम सकेका उपभोक्ताको भुक्तानी अनिश्चित ! सङ्घीयताले कर्मचारीलाई चेक काट्ने अधिकारबाहेक सबै दिएकाले आर्थिक अनियमितता कम कि बढी ? संविधानमै जनप्रतिनिधिलाई चेकमा सही गर्ने अधिकार दिएको भए तारकेश्वर र विदुरका प्रमुखलाई सहज हुने थियो कि ?