विदुर, नुवाकोट जिल्लाको विदुरमा रहेको जयगणेश बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयर रकम थप गर्ने निर्णय सर्वसम्मत पारित गरेको छ ।
०६४ मा स्थापना भएको जयगणेश बहुउद्देश्यीय सहकारीमा चार सय ६६ जना सेयर सदस्य रहेका छन् । दुई करोड ५० लाख ८७ हजार पाँच सय सेयरपुँजीलाई वृद्धि गरी तीन करोड पु¥याउने साधारणसभाले निर्णय गरेको छ । सेयर सदस्यबाट चालू आ.व.को भदौभित्र प्रतिव्यक्ति २० हजार रुपैयाँ सेयर थप गर्ने र मासिक दुई हजार बचत गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको छ । सहकारीले गैरसेयर सदस्यसँग बचत सङ्कलन र लगानी नगरेको कारण बचत घटेको छ । सहकारीका अध्यक्ष वैकुण्ठ मिश्रले आ.व. ०७८/७९ को वार्षिक प्रगति विवरण, सचिव प्रकाशकुमार अधिकारीले प्रस्तुत गरेको आ.व. ०७९/८० को वार्षिक कार्यक्रम तथा बजेट र अनुमान आय-व्यय विवरण साधारणसभामा विस्तृत छलफल र सुझावसहित पारित भएको उपाध्यक्ष ताराबहादुर कार्कीले बताए । सहकारीको आ.व. ०७८/७९ मा गरेको कारोबारको अवस्था लेखा समितिका संयोजक नवदीप श्रेष्ठले प्रस्तुत गरेका थिए । लेखा समितिबाट प्रस्तुत प्रतिवेदनअनुसार कुल सेयरपुँजी दुई करोड ५० लाख ८७ हजार पाँच सय, कुल निक्षेप सङ्कलन दुई करोड ६० लाख २१ हजार सात सय ७४ र कुल पुँजी लगानी चार करोड ७५ लाख आठ हजार नौ सय ४९ रहेको छ । साधारणसभामा गत आ.व.मा उत्कृष्ट ऋण कारोबार गर्ने सेयर सदस्य सुष्मा प्याकुरेल मिश्रलाई र उत्कृष्ट बचत गर्ने सेयर सदस्य राजेन्द्र बोगटीलाई सम्मान गरिएको थियो ।े
.




प्रतिक्रिया